काठमाडौं, माघ २८ । । विश्व प्रसिद्ध भारतीय पाश्र्व गायिका लता मंगेशकरको नाममा नेपालमा पुस्कारको स्थापना भएको छ ।
नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले आफना माता तथा पिताको स्मृतिमा स्थापित हनुमानी देवी नथमल वैद्य सेवा समितिद्वारा उक्त पुरस्कार स्थापना गरिएको हो । पुरस्कारको नाम ‘लता मंगेशकर नेपाल प्रतिभा पुरस्कार’ राखिएको छ । भारतभन्दा बाहिर लता मंगेशकरको नाममा पहिलो पटक पुरस्कारको स्थापना नेपालमा भएको हो ।
पुरस्कार प्रत्येक वर्ष लता मंगेशकरको पुण्यतिथिमा प्रदान गरिनेछ । नेपाल–भारत सहयोग मञ्चद्वारा वीरगञ्जमा आयोजित लता मंगेशकरको श्रद्धाञ्जलि समारोहमा मञ्चका अध्यक्ष वैद्यले उक्त पुरस्कारको घोषणा गरे ।
५१ हजार राशिको यो पुरस्कार संगीत, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई दिइनेछ । श्रद्धाञ्जलि सभामा सांसद डा शोभाकर पराजुलीले लताको नेपाल सम्बन्धका बारेमा चर्चा गरे ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नीतेश कुमारले संगीत कुनै भूगोलमा सीमित नरहने भन्दै यसले पुरै विश्वमा प्रभाव दिने गरेको र यसको ठूलो उदाहरण लता रहको बताए ।
तपाईको प्रतिक्रिया