दयाहाङ र सुरक्षाको जोडीमा ‘भैरे’को गीत सार्वजनिक (भिडियो)

कला/संस्कृति

3/28/2018

चलचित्र ‘भैरे’को नयाँ गीत सार्वजनिक भएको छ । यही जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’मा समावेश भएको ‘सनम माया लाको’बोलको गीत मङ्गलवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र सुरक्षा पन्तको अभिनय रहेको छ ।

 गीतमा एभरेष्ट सूर्य बोहराको शब्द रहेको छ भने  यम बरालको सङ्गीत रहेको छ । गीतमा यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । भिडियोलाई वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् भने उनले नृत्य भन्दा बढी  भेषभुषामा विशेष ध्यान दिएका छन् । 

<iframe src="https://www.youtube.com/embed/-aVd5LUgEkI" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनी भन्छन्, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैँ देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।


यस्तै, अभिनेत्री सुरक्षाले ‘सनमा माया ला’को’ गीतमा दयाहाङभन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘दया दाइसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ । यसैले पनि हुनुसक्छ नाच्दा खेरि म नभर्स पनि भएँ ।’     
उनी थप्छिन्, ‘दया दाइलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो । दयाजीले राम्रो नाच्नुहुन्छ । उहाँ परफेक्ट हुनुभइसक्यो ।’ उनले यसो भन्दै गर्दा दयाले हाँसो रोक्न सकेनन् ।
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका हुन् । 


करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह(निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् ।

चलचित्रमा  दया र सुरक्षाको साथमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ