श्रीदेवीको मृत्युको १३ दिनपछि छोरी जाह्नवीको डेब्यू फिल्म ‘धडक’को सुटिङ सुरु

कला/संस्कृति

3/9/2018

एजेन्सी । बलिउड भेट्रान अभिनेत्री श्रीदेवीको मृत्युको १३ दिनपछि उनकी छोरी जाह्नवी कपुरले आफ्नो डेब्यू फिल्म ‘धडक’को सुटिङ सुरु गरेकी छन् ।

फिल्म धडकका निर्देशक शशांक खैतानले आफूहरुले फिल्मको सुटिङ सुरु गरेको र अहिले टिमले ब्रेक लिएको कुरा हल्ला मात्र भएको बताए । अहिले युनिटले मुम्बइमा सुटिङ गरिरहेको छ र अब लगत्ते कोलकाता जानेछ ।

रिपोर्टका अनुसार जाह्नवी र इशानले फिल्मका केही दृश्य मुम्बइको बान्द्रामा सुटिङ गर्नेछन् । यो फिल्म मराठी फिल्म सैराटको रिमेक हो ।

फिल्म करण जौहरले बनाउँदैछन् । यो फिल्म ६ जुलाइमा रिलिज हुँदैछ ।

फिल्मफेयरले ट्वीटमा एक फोटो शेयर गरेको छ जसमा जाह्नवी सुटिङ गर्दै देखिएकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ