काठमाण्डौ - स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी श्वेता खड्का लामो समयको अन्तरालपछि फिल्ममा कमब्याक गर्दैछिन् । कहाँ भेटिएला र कोहिनूरु फिल्म एकसाथ गरेका श्री र श्वेताको जोडीलाई दर्शकले पर्दामा खुब रुचाएका थिए । यही कारण नै उनीहरु रियलमै श्रीमान श्रीमती बने । तर भगवानको लिला अपरम्पार छ । श्वेतालाई एक्लै बनाएर श्री सदा सदाका लागि टाढिए ।
श्रीमानको निधनपश्चात झन्डै १ वर्ष शोकमा परेर थलिएकी श्वेता अभिनीत नयाँ फिल्म कान्छी आउँदो फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उनी आफैंले निर्माण गरेकी हुन् । नायक दयाहाङ राई र श्वेताको फिल्ममा मुख्य भूमिका छ । मंगलवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो ।
आकर्षक परिहनमा ट्रेलर रिलिज कार्यक्रममा उपस्थित श्वेतासँग उनकी आमा पनि साथमा थिइन् । श्रीकृष्णले कहाँ भेटिएला र कोहिनूरु आफ्नो होम प्रोडक्शन हाउस नेपास् मुभिजु बाट निर्माण गरेका थिए । श्रीको निधनपश्चात श्वेताले नयाँ कम्पनी दर्ता गराइन्, काया फिल्मस् । उनले श्रीलाई सम्झिँदै निकै भावुक शब्दमा एक भिडियो पनि बनाएकी छिन्, जुन यसअघि श्रीको जन्मदिनमा श्वेताले युट्युबमा सार्वजनिक गरेकी थिइन् ।
फरक प्रशंगमा श्वेताले थपिन जतिबेला म मिडियामा आउँछु तब झन म उहाँलाई सम्झन्छु । कान्छीु पनि उहाँकै लागि बनाएको हो । उहाँको कामलाई नै समर्पित गरेर बनाएको हो । यतिबेला उनका आँखामा आँसु टिलपिल देखिन्थे । उनको छेवैमा रहेकी आमा पनि भक्कानिएकी थिइन् ।
तपाईको प्रतिक्रिया