काठमाडौं - फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडी पाटोलाई देखाइएको छ ।
अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका पुरुष पात्र नायिका केकी अधिकारीको पछि-पछि देखिन्छन् । ट्रेलरमा चर्चित संगीतकार राजनराज सिवाकोटी पनि प्रस्तुत छन् ।
नायक अनुप विक्रम शाहीसँग केकीको लभ सिन पनि ट्रेलरमा अटाइएको छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माण छ ।
फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।
ट्रेलर :-
<iframe src="https://www.youtube.com/embed/BQWM4glVOvo" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>
फिल्मीखबर
तपाईको प्रतिक्रिया