काठमाडौं – हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड ’ घोषित भएकी छिन् ।
बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधिमा कब्जा जमाइन् ।
खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।
तपाईको प्रतिक्रिया