पाल्पा महोत्सवः रौनकता संगै बढ्दो व्यापार

कला/संस्कृति

2/26/2018

तानसेन- उद्योग वाणिज्य संघ पाल्पाको आयोजनामा तानसेन टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । आईतबारसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुसँगै दर्शकहरु रमाएका थिए ।

खुमन अधिकारी, रामजी खाँड, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, हेमन्त शर्मा, शिरिष देवकोटा, प्रिया भण्डारी, नविन पोड्याल, श्रीकृष्ण भण्डारी, जमुना राना, बिमलराज क्षेत्री, पुरुषोत्तम गैरे, रामचन्द्र चन्द, सपना गाहा, प्रेम लामिछाने र हुम गैरेको प्रस्तुतीले दर्शहरुको मन पर्फुल थियो ।

महोत्सवमा शनिबारमात्रै ५० हजारबढी दर्शकले महोत्सव अवलोकन गरेको, झण्डै तीन करोडको कारोबार एकै दिन भएको छ । महोत्सवमा दशौं दिनसम्म दश करोड बढीको कारोबार भएको सचिवालयले जनाएको छ ।

१२ औं संस्करणको रुपमा आयोजित महोत्सवमा जिल्लामा उत्पादित न हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिएको छ । महोत्सवमा ४ सय ६२ स्टलको सहभागिता रहेको छ ।

५ नं प्रदेश स्तरीय महोत्सवमा तत्कालै पेलिएको उखुबाट निकालीएको खुदो, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, विज्ञानसामाग्री प्रर्दशनी, स्थानिय तथा राष्ट्रिय कलाकारहरु लोक दाहोरी, आधुनिक, पप, रोईला, हास्य व्यङ्ग, स्थानिय खाना खाजाका परिकार साथै बाल उद्यान राखिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ