राकेश प्रसाद चौधरी
बंगलादेशको चित्तागंग (चट्टोग्राम) स्थित काली मन्दिरमा केही स्थानीय श्रद्धालु दर्शन गरिरहेको देखेर गाउँको नाम सोधे । जवाफमा ‘सीताकुण्ड’ सुने । सीताकुण्ड हिन्दुहरूको आस्था केन्द्र छ । उनीहरू १५ जनाको संख्या थिए । भेषभुषाले हिन्दु धर्मावलम्बी नै रहेको ंयकिन भंइसकेको थियो ।
त्यसको एकछिन अगाडि मात्र हो । म मन्दिरभित्र प्रवेश गर्न खोजेको बेला सडकपारि एकजना महिला भगवानलाई नमस्कार गरेको देखे । पहिला त चारैतिर हेरिन् त झटपटमा भगवानलाई परबाट ढोगिन र तुरन्तै त्यहाँबाट गइहालिन् । म काली मन्दिरमा एकै दिन केही मिनेटको फरकमा दुईपटक पुगे ।
होटलमा बसिरहँदा गुगल नक्सामा स्थानीय ठाउँको अवलोकन गरिरहेको थियो । नजर काली मन्दिर लेखिएको ठाउँमा पुग्यो । विहान नुहाएर त्यसतर्फ प्रस्थान गर्न लाग्दा होटलको सुरक्षागार्डले स्थानीय भाषामा अभिवादन गर्यो । मैले हात मात्रै हल्लाएपछि उसले धेरै कुरा बुझेको होला ।
पहिलोपटक त एक्लै पुगे । मन्दिरमा एकजोडी पुजापाठ गर्न पर्खिरहेका थिए । मन्दिर सुनसान थियो । पुजारी पनि थिएन । मलाई देखेपछि त्यो जोडि भयभित भएको मैले पनि महसुस गरे । एकछिनमा त त्यो जोडि बाहिर निस्क्यो । यो त्यही चट्टोग्राम हो जसलाई बाल्यकालमा हामीले चटगाउँ भनेर सुनेका र पढेका थियौ । समाचारमा आइरहने खबर चटगाउँकै हुन्थ्यो ।
मन्दिरमा भिजिट जलेश्वर लेखिएको मिथिला पेन्टिङ्गवाला गमछा चढाए । परिसरमा हिन्दु देवीदेवताका माटाका साना साना प्रतिमा पनि बनाएर राखिएको थियो । सम्भवतः त्यो पर्व त्यौहारमा बिक्री गर्न राखिएको थियो । नेपालमा जाडो शुरू भएपनि बंगलादेशमा गर्मी थियो ।
डिसेम्बरको महिना भएपनि प्रचण्ड गर्मी । केही महिनामा शुरू भएको कोरोना महामारीबारे कल्पना पनि नगरिएकोले निर्धक्कसँग हिड्डुल भइरहेको थियो ।
फर्केर मन्दिर बारे होटलमा बसेका अन्य साथीहरूलाई सुनाएपछि उनीहरूसँगै पुनः त्यहाँ पुगे । त्यतिबेला नै सीताकुण्डका दर्शनार्थीसँग भेट भएको हो । दृश्य र दर्शनार्थीको हाउभाउ हेरेपछि हिन्दु समूदाय यहाँ भयपूर्ण बाताबरणमा जीवनयापन गरिरहेको सहजै अनुमान गर्न सकिने रहेछ ।
पाकिस्तानबाट सन् १९७१ मा बंगला भाषाको आधारमा छुट्टिएको यो देशमा हिन्दू समूदायको जनसंख्या सम्मानजनक थियो । धर्म र आस्थाकै कारण भौतिक, आध्यात्मिक तथा शारीरिक आक्रमाण हुने भएकोले अहिले अपमानजनक एवं असुरक्षित स्थिती रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । शुरूवातमा १३.५ प्रतिशत रहेपनि अहिले ८.५ प्रतिशत जनसंख्या रहेको सरकारी तथा गैरसरकारी तथ्यांकबाट हेर्न सकिन्छ ।
नेपाल र बंगलादेशबीच धार्मिक पर्यटनको सम्भावनालाई अल्पसंख्यक भइसकेका समूदायमाथिको आक्रमाणले नकार्न बाध्य बनाएको छ । भाषाको आधारमा बनेको देश अहिले इस्लामिक भइसकेको छ । यात्राको क्रममा केही आधुनिक विश्वविद्यालयका डिन र प्राध्यापकहरूसँग संवाद हुँदा उनीहरूले शुरूवात मै धार्मिक वाक्यहरूको उच्चारण गर्ने गरेका थिए । नेपालमा त संस्कृत विश्वविद्यालयका प्रमुख तथा प्राध्यापकहरू समेतले विदेशीसँगको संवादका क्रममा संस्कृतका श्लोकहरू उच्चारण गर्दैनन् होला जस्तो लाग्छ ।
तंत्र चूडामणि अनुसार ५२ शक्तिपीठहरूमध्ये भवानी, जयंती, श्रीशैल, अर्पणा, योशोरेश्वरी र सुगंधा–सुनंदा बंगलादेशमा पर्छ । नेपालको काठमाडौंमा महामाया, मुक्तिनाथमा गंडकी र जलेश्वरमा उमा महादेवी (महोदर) शक्तिपीठ छ ।
बंगलादेश वा अन्य देशमा हिन्दु समूदायमाथि निरन्तर आक्रमाण हुँदा नेपाली राजनीतिककर्मीले आवाज नउठाइनुलाई फरक पाटोबाट विश्लेषण गर्न सकिन्छ । हुनतः धर्म निरपेक्ष रहेपनि अभ्यासमा हिन्दु संस्कारको बाहुल्यता छ ।
तथापि अरू धार्मिक समूदायका पर्व तथा उत्सवहरूमा रमाउने र सोही समूदायकै भएको जस्तो ब्यबहार गर्नेको संख्या बढि छ । त्यसैले होला बंगलादेशमा मुस्लिमको संख्या दिनानुदिन बढ्दै जानु र नेपालमा हिन्दुको संख्या घटिरहेको छ ।
नेपालबाट बंगलादेश घुम्न जाँदा धार्मिक पर्यटनको सम्भावनाबारे सानो अध्ययन पनि गर्छु भनेर सोचेको थिए । साथमा सानो भ्वााइस रेकर्डर पनि थियो । तर त्यो यात्राकै क्रममा हरायो । यात्राको क्रममा एकजनाले मलाई निरन्तर पिछा गरेको पछि मात्र थाहा जानकारी भयो ।
नेपाल फर्किने बेलामा त्यो ब्यक्तिले तपाई फलानो दिन यहाँ आएको मलाई थाहा छ भन्यो मैले धेरै कुरा बुझिसके । उ बसेको सिट छाडेर एकाएक गायब भयो । त्यही ब्यक्तिले मेरो भ्वाइस रेकर्डर यात्राको शुरूवातमै गायब गरिसकेको मैले यकिन गरे । मेरो यात्रा अन्ततः निराशाजनक भयो ।
तपाईको प्रतिक्रिया