सिमसार  क्षेत्रः महत्व, चुनौती र अवसरहरु

विचार/दृष्टिकोण

१. परिचय

विगतका वर्षहरुमा झै वर्ष २०२२ को फेब्रुवरी २ तारिखमा पनि Wetlands Action for People and Nature भन्ने उदघोषका साथ विश्व सिमसार दिवस विश्वव्यापी रुपमा मनाईदैछ । समग्र मानव जगत र ब्रहमाण्डको लागी सिमसार क्षेत्रको महत्वको वारेमा सचेतना जगाउने उदेश्यका साथ मनाउन लागिएको विश्व सिमसार दिवस, २०२२ ले क्षयीकृत तथा लोपोन्मुख सिमसार क्षेत्रको पुनः भरण एवं संरक्षण गर्न वित्तिय, मानवीय तथा राजनैतिक पुँजी लगानीको लागी आवश्यक पहलकदमी लिन विश्व जगतलाई अपिल गरेको छ । नेपालको सन्दर्भमा वर्तमान संघीय संरचनामा सिमसार संघीय नेपालको सवै भन्दा हेपिएको क्षेत्रको रुपमा देखिएको छ । अतः आसन्न विश्व सिमसार दिवसको उपलक्ष्यमा सिमसार क्षेत्रको वारेमा जानकारी, मधेश प्रदेशको सन्दर्भमा यसको महत्व, चुनौती र अवसरहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।  

के हो त सिमसार ?

सिमसार शब्द नेपाली जनमानसको निम्ति नौलो भने होइन । बिभिन्न समुदायका मानिसहरुले खेतिपाती गर्न र वस्ती बसाउन अनुपयुक्त पानीले ढाकिएको दलदल भुमिलाई सिमसार भन्ने गरेको पाईन्छ । हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृष्यहरु मध्ये ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने वा कहिल्यै पानी नसुक्ने जमिनको क्षेत्रलाई बोलीचालीको भाषामा सिमसार भनिन्छ । अझ सरल भाषामा भन्दा जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् । विश्वका धेरै स्थानहरुमा जस्तै हाम्रो देशमा पनि विभिन्न आदिवासी समुदायहरुको उत्पत्तिकालदेखि नै सिमसार क्षेत्रहरु सँग भाषिक, धार्मिक, साँस्कृतिक र सामाजिक एवं आर्थिक रुपमा ऐतिहासिक सम्वन्ध रहि आएको छ ।

सिमसारको विश्वस्तरमै संंरक्षण गर्न सन् १९७१ मा जलपन्छीको वासस्थान सम्वन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । यो महासन्धीमा १६९ देशहरु सामेल भएका छन् । नेपाल भने औपचारिक रुपमा सन् १९८७ मा उक्त महासन्धिको सदस्य भएको हो । “रामसार महासन्धी” को नामले चिनिने सिमसार सम्बन्धी विश्व महासन्धि (१९७१) को धारा १ मा दलदल क्षेत्र, बाढी लागी बनेको भु–भाग, ओसिलो जमिन, प्राकृतिक वा मानव निर्मित, दीर्घकालिन अथवा अस्थायी पानी जम्ने वा बगिरहने क्षेत्र, ६ मिटर भन्दा कम गहिराई भएको सफा वा नुनिलो पानीको भाग समेतलाई सिमसार भनी घोषणा गरिएको छ । उक्त महासन्धीको धारा २.१ अनुसार खोला अथवा समुद्रको किनारमा अवस्थित भू–भाग, टापु लगायत ६ मिटर भन्दा कम गहिराई भएको समुद्र तटिय क्षेत्रलाई पनि सिमसार क्षेत्र घोषणा गरिएको छ । यसले जीवहरुको बासस्थान सँग सम्बन्ध राख्ने क्षेत्रहरुलाई सिमसार क्षेत्रमा समावेश गरी अन्तराष्ट्रिय महत्वको विषयलाई जोड दिदै खोल्सा, खोला, नदी, नाला, समुद्र, पोखरी, ताल, पानीको मुहान, समुद्र तटीय क्षेत्र, मानव निमित माछा पाल्ने पोखरी, बारी या बगैचामा निर्माण गरिएको पोखरी, सिंचाई गर्न बनाईएको पोखरी, नुनिलो पानी भएको पोखरी, पानी जमेको सुरक्षित भाग, ढुँगा रोडा थुपारी पानी जमेको भाग, दुषित पानी जमेर रहेको क्षेत्र, नहर र धान खेतलाई समेत सिमसार क्षेत्रमा समावेश गरेको छ ।

नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा वगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धाप लगायतका नदीको बांध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानवाली समेत पर्छ ।

२. नेपालमा सिमसार क्षेत्रको वर्तमान अवस्था

रामसार महासन्धीले ४१ प्रकार सिमसार परिभाषित गरेको छ । अन्टार्टिका बाहेक सवै महादेशमा सिमसार क्षेत्र पाइन्छ भने दक्षिण अमेरिकाको अमेजन नदीको तटिय क्षेत्र विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यो लगभग ६ लाख बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । विश्वको कुल क्षेत्रको ९ प्रतिशत जमिन सिमसारले ओगटेको छ भने नेपालमा ५.५७ प्रतिशत क्षेत्रफल सिमसारको छ । नेपालको सन्दर्भमा नदी, कुण्डा, ताल, जलसाय, धाप र धानखेत गरी ६ प्रकारका सिमसार छन् ।

 
May be an image of text
 यी मध्ये तालहरुको मात्रै अभिलेख राख्न सफल भएको छ । सामान्यतय सीमसार क्षेत्रलाई ताजा पानी र नुनिलो पानीमा बर्गिकरण गरिएको छ भने नेपालमा पाइने ताजा पानीको सिमसार हो । सिमसार विकिपिडियाका अनुसार नेपालमा ५३५८ ताल, हिमनदीका रूपमा ३२५२ वटा, हिमताल २३२३ वटा, ताल ५००० वटा, जलाधार १३८०, पोखरी ५१८३ वटा र तराईमा १६३ सीमसार छन् भने उच्च पहाडी क्षेत्रमा ७८ वटा र मध्य पहाडी क्षेत्रमा ८६ वटा सिमसार छन् ।
 
No photo description available.
 २ (क) मधेश प्रदेशको अवस्था
 
परिचयमधेश प्रदेश नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो । पछिल्लो जनगनणा अनुसार यो नेपालको सबैभन्दा बढी जनसँख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो । यो प्रदेशको पूर्व दिशामा प्रदेश नं. १, उत्तर दिशामा प्रदेश नं. १ र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ । यो प्रदेशको क्षेत्रफल ९,६६१ वर्ग कि.मी. (३,७३० वर्ग माइल) अर्थात नेपालको भू–खण्डको कुल ६.५ प्रतिशत रहेको छ । पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको यो प्रदेशमा जम्मा ८ जिल्ला र सो अन्तरगत १३६ वटा पालिका रहेको छ । सिमसारको अवस्था हेर्ने हो भने यस प्रदेशमा ८१ वटा ताल रेकर्ड गरिएको छ । जस मध्ये धनुषामा २३, सिरहामा १३, सर्लाहीमा १०, महोत्तरीमा ९, रौतहटमा ८, सप्तरीमा ८, बारामा ७ र पर्सामा ३ वटा तालहरु रेकर्ड गरिएको छ । पालिका स्तरमा जनकपुरधाम उपमहानगर पालिकामा सवै भन्दा बढी २१ वटा पोखरी तथा तालहरु रहेको छ ।
 
May be an image of map

Rainfall and Temperature

Table 3: Rainfall and temperature in selected cities of Madhesh Pradesh

Major Cities

Annual Avg. Rainfall (mm)

Annual Avg. Temp (0 C)

Karmaiya

1834

25.16

Rajbiraj

1777

23.1

Simara Airport

1552

22.1

Gaur

1516

23.9

Manusmara

1508

24.99

Lahan

1418

24.79

Janakpur Airport

1361

24.3

Jaleshwor

1266

21.66

Parwanipur

1262

24.53

Source: DHM, 2001

हाइड्रोलोजी एण्ड ड्रेनेज
 
रातु, कमला, लखनदेही, लालबकैया, गागन, बलान मधेश प्रदेशको मुख्य नदिहरु हुन । ति मध्ये गागन, बलान, रातु र लालबकैयाको उत्पति प्रदेश कै चुरे क्षेत्रवाट भएको हो । कुल ३४२२ वर्ग कि.मि. जलाधार क्षेत्र भएको बागमती नदिको ५८९ वर्ग कि.मि. क्षेत्र मधेश प्रदेशमा पर्दछ । त्यसै गरी कमला बेसिनको २३८१ वर्ग कि.मि. क्षेत्रफल मध्ये ९०९ वर्ग कि.मि. यसै प्रदेशमा पर्दछ । पुर्वमा कोशी नदिले प्रदेश नं. १ वाट र पश्चिमा अमुवा खोलाले बागमति प्रदेशवाट मधेश प्रदेशलाई छुट्याएको छ । यस प्रदेशमा धेरै ताल, धाप तथा मानव निर्मित पोखरीहरु छन् । कोर क्षेत्र ३५ हेक्टर रहेको पर्सा जिल्लाको नवगाछी पोखरी यस प्रदेशको सवै भन्दा ठुलो पोखरी हो ।
 

Figure 2:  Spatial distribution of drainage network in Madhesh Pradesh

 
May be an image of map
 
 Source: Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021

Land Use

Table 4: Land use/cover (in Ha) in Madhesh Pradesh

Districts

Landuse/Cover Area (Ha)

Forests

Shrubs

Grasslands

Crop Field

Barren

Water

Builtup

Total

%

Bara

46074

449

449

71323

6765

851

1259

127170

13.3

Dhanusha

27261

400

1103

80684

5382

1067

2698

118595

12.4

Mahottari

21626

841

448

69914

4723

1316

1331

100199

10.5

Parsa

74368

135

550

57174

6649

783

842

140501

14.7

Rautahat

26929

821

517

63431

9564

1191

1379

103832

10.8

Saptari

19239

1792

8120

86478

9771

2037

710

128146

13.4

Sarlahi

26407

1136

713

90269

5064

881

1420

125889

13.1

Siraha

15896

1913

2859

88706

3214

704

613

113905

11.9

Total

257798

7486

14759

607978

51132

8830

10252

958236

 

%

26.9

0.8

105

63.4

5.3

0.9

1.1

100

 

Source: Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021
 

Lake Distribution Across the Districts

Table 5: Physiographic distribution of lakes in Madhesh Pradesh at altitude less than 3000 msl

District

Lake Nos

Time Line

2021

2007

Bara

7

7

93

Dhanusha

23

23

230

Mahottari

9

9

186

Parsa

3

3

71

Rautahat

8

8

85

Saptari

8

8

46

Sarlahi

10

10

74

Siraha

13

13

140

Total

81

81

925

Source: Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021

Figure 3: Lake distribution within Madhesh Pradesh

table
May be an image of map

Source: Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021

Table 6: List of lakes in Madhesh Pradesh

District

Name of Lake

Type of Lake

Area (Ha)

Condition

Core

Basin

Bara

Gadiganga Tal

Freshwater, Lacustrine

1.67

 

Degrading

Halkhoria Lake

Freshwater, Lacustrine

33.5

 

Degrading

Ishara Pokhari

Freshwater, Lacustrine

2

 

Degrading

Jharkhuria Lake

Freshwater, Lacustrine

5

 

Degrading

Kamini Daha

Freshwater, Lacustrine

1.5

 

Degrading

Ramjanaki Pokhari

Freshwater, Lacustrine

1.6

 

Degrading

Sohari Lake

Freshwater, Lacustrine

2.5

 

Degrading

 

Total

 

47.8

 

 

Dhanusha

Aagni Kund

Freshwater, Lacustrine

2.5

15-20

Degrading

Angraj Sar

Freshwater, Lacustrine

3

10-15

Degrading

Beeshahara Sagar

Freshwater, Lacustrine

4

 

Good

Bihar Kunda

Freshwater, Lacustrine

2.5

15-20

Degrading

Bindhichowk Pokhari

Freshwater, Lacustrine

4

10-12

Degrading

Biral Sagar

Freshwater, Lacustrine

1.5

2

Degrading

Chapkai Pokhari

Freshwater, Lacustrine

2

10-12

Degrading

Devpura Lake

Freshwater, Lacustrine

2.8

4-5

Degrading

Dhanu Sagar

Freshwater, Lacustrine

2

15-20

Degrading

Ganga Sagar

Freshwater, Lacustrine

2

10-12

Degrading

Gautam Sarobar

Freshwater, Lacustrine

4

 

Degrading

Ithi Pokhari

Freshwater, Lacustrine

2

 

Degrading

Kapalmochani Sagar

Freshwater, Lacustrine

2.5

3

Good

Kuti Pokhari

Freshwater, Lacustrine

2

 

Degrading

Laski Pokhari (Shiva Sagar)

Freshwater, Lacustrine

3

 

Degrading

Maharaj Sagar

Freshwater, Lacustrine

6

10-12

Degrading

Manipal Tal

Freshwater, Lacustrine

2

10-12

Degrading

Murali Sagar

Freshwater, Lacustrine

4

7-8

Degrading

Parseni Sagar

Freshwater, Lacustrine

2

 

Degrading

Rukmini Sagar

Freshwater, Lacustrine

1.7

3

Good

Singrahi Lake

Freshwater, Lacustrine

10

400-500

Degrading

Subbaji Pokhari

Freshwater, Lacustrine

5

 

Good

Tarahi Pokhari (Laksman Sar)

Freshwater, Lacustrine

2.5

 

Degrading

 

Total

 

73

 

 

Mahottari

Bramhasthan Pokhari

Freshwater, Lacustrine

1.5

 

Degrading

Dami Madai Pokhari

Freshwater, Lacustrine

2

 

Degrading

Gotman Sagar

Freshwater, Lacustrine

2

10-15

Degrading

Mahadev Pokhari

Freshwater, Lacustrine

4

10-12

Degrading

Naini Pokhari

Freshwater, Lacustrine

2

 

Degrading

Purni Pokhari

Freshwater, Lacustrine

4

10-15

Degrading

Rani Pokhari

Freshwater, Lacustrine

3

3

Degrading

Satuniya Pokhari

Freshwater, Lacustrine

31

123

Degrading

Sukhdev Pokari

Freshwater, Lacustrine

3

10-12

Degrading

Telia Pokhari

Freshwater, Lacustrine

1

 

Degrading

Thari Pokhari

Freshwater, Lacustrine

2

3

Degrading

Tharuhai Pokhari

Freshwater, Lacustrine

1.5

3

Degrading

 

Total

 

12

 

 

Parsa

Gamharia Pokhari

Freshwater, Lacustrine

1.5

 

Degrading

Nawagachhi Dam

Man-made, storage for irrigation

35

 

Good

Rabidas Pokhari

Freshwater, Lacustrine

2

 

Good

 

Total

 

38.5

 

Degrading

Rautahat

Baudhi Pokhari

Freshwater, Lacustrine

2.01

 

Degrading

Chandi Pokhari

Freshwater, Lacustrine

1.2

 

Good

Dhamaura Pokhari

Man-made (storage area)

1

 

Degrading

Gaur Pokhari

Freshwater, Lacustrine

4.02

 

Degrading

Mahadev Pokhari

Freshwater, Lacustrine

1

 

Degrading

Mahakar Pokhari

Freshwater, Lacustrine

2.68

 

Good

Mardhar Pokhari

Freshwater, Lacustrine

9.6

 

Degrading

Nagarpalika Pokhari

Freshwater, Lacustrine

4.5

 

Degrading

Nunthar Pokhari

Freshwater, Lacustrine

1

 

Degrading

 

Total

 

27

 

 

Saptari

Bagmohi Nadi

Freshwater, Lacustrine

6

145

Degrading

Jhola Daha (Gopit Ganga)

Freshwater, Lacustrine

2.1

92

Degrading

Lohajara Thakur Daha

Freshwater, Lacustrine

3.77

78

Degrading

Purnai Pokhari

Freshwater, Lacustrine

0.99

74

Degrading

Sakuwayi Pokhari

Freshwater, Lacustrine

2.55

82

Degrading

Singaya Dhar

Freshwater, Lacustrine

4

84

Degrading

Singrahi Pokhari

Freshwater, Lacustrine

1.08

110

Degrading

Thani Pokhari

Freshwater, Lacustrine

4.2

90

Degrading

Total

 

24.7

755

 

Sarlahi

Bharat Tal (Not included)

Man-made

80.66

 

Good

Betini Daha

Freshwater, Lacustrine

4

 

Degrading

Chandragunj Pokhari

Freshwater, Lacustrine

0.95

 

Degrading

Hatmare Pokhari

Man-made

5

 

Degrading

Kerwa Pokhari

Man-made

4

 

Degrading

Lekhandehi Taal

Freshwater, Lacustrine

2

 

Degrading

Math Pokhari

Freshwater, Lacustrine

3

 

Degrading

Nadhi Tal

Freshwater, Lacustrine

1.54

 

Degrading

Nagarpalika Pokhari

Man-made

2

 

Degrading

Nassi Pokhari

Man-made

0.6

 

Degrading

Panpiya Taal

Freshwater, Lacustrine

0.53

 

Degrading

Musailiko  Purano Pokhari

Freshwater, Lacustrine

3

 

Degrading

 

Total

 

26.6

 

 

Siraha

Adda Pokhari

Freshwater, Lacustrine

1.35

2

Degrading

Baban Tol Pokhari

Freshwater, Lacustrine

1.5

2

Degrading

Beli Pokhari

Freshwater, Lacustrine

1.5

2

Degrading

Bishnupur Pokhari

Freshwater, Lacustrine

1

1.5

Degrading

Dewal Subba Pokhari

Freshwater, Lacustrine

1.6

2

Degrading

Kamal Daha

Freshwater, Lacustrine

4.5

12.12

Degrading

Mahadev Pokhari

Freshwater, Lacustrine

0.6773

1.49

Degrading

Manik Daha

Freshwater, Lacustrine

6

8

Degrading

Narahiya Pokhari

Freshwater, Lacustrine

12

13

Degrading

Naya Bandh

Freshwater, Lacustrine

1.3

2

Degrading

Patari Pokhari

Freshwater, Lacustrine

1.35

4

Degrading

Purni Pokhari

Freshwater, Lacustrine

2

3

Degrading

Rajdevi Pokhari

Freshwater, Lacustrine

1.5

2

Degrading

 

Total

 

36.2

55.1

 

Source: Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021

३. सिमसार क्षेत्रको महत्व
 
वातावरण संरक्षण र जलचर प्राणीको बासस्थानका लागि सिमसार क्षेत्र महत्वपूर्ण क्षेत्र हो । हाम्रो दशको कुल क्षेत्रफलको ६ प्रतिशत सिमसार क्षेत्रले ओगटेको तथ्याङ्कले देखाउँछ । वातावरणीय संरक्षणका लागि मात्र नभई २१ थरी आदिवासी जनजाति समुदाय जीवनयापनका लागि यही सिमसार क्षेत्रमा भर पर्दै आएका छन् । परिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका महत्वपूर्ण मानिन्छ । सिमसार क्षेत्र पर्यावरण, औषधी र कन्दमुलमा उपयोगी मानिन्छ ।

पानी जिवनको आधार हो भने सिमसार पानीको बलियो श्रोत । मानव, बन्यजन्तु र बनस्पतिका लागि आवश्यक पानीको आवश्यकता पुर्ति गर्न सिमसारको संरक्षण हुन जरुरी छ । सिमसार भित्र जिवन छ । सिमसार भित्र जल परिचालन र शुद्धिकरण प्रकृया निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मृगौला पनि भनिन्छ । तर पछिल्लो समय सिमसारको संरक्षण तथा व्यवस्थापनमा देखिएको लापरवाहीका कारण यस प्रदेश लगायत समग्र देश मै प्रकृतिको मृगौला मानिने सिमसार अस्वस्थ्य र रोगी बन्दै गएको छ । यसको समग्र असर अहिले नै मानव र प्रकृति जगत झेल्न बाध्य भएको विज्ञहरु बताउछन् ।मानव जगत्, कृषि तथा जैविक विविधताका लागि सिमसार क्षेत्रहरू अति नै ऊर्वर भूमि मानिन्छ । यस्ता क्षेत्र असंख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान हुन् । कतिपय प्रजातिले आफ्नो प्रजनन कार्यका लागि पनि सिमसार क्षेत्र प्रयोग गर्छन् । खेतीपाती, वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा वन क्षेत्रभित्र वा बाहिर रहेका यस्ता सिमसारको महत्वपूर्ण योगदान छ ।

विभिन्न तालतलैया, पोखरीहरूले भलबाढीलाई सञ्चय गरी बाढीलगायत अन्य प्राकृतिक प्रकोपबाट संरक्षण गर्न, तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । साथै अध्ययन÷अनुसन्धान कार्यमार्फत प्राकृतिक अवयवसम्बन्धी जानकारी बढाउनसमेत सिमसार क्षेत्रको योगदान अतुलनीय छ ।  

विभिन्न प्रतिवेदनले औल्याएअनुसार सिमसार क्षेत्रको पारिस्थितिकीय प्रणाली र यहाँको जैविक विविधता अन्य क्षेत्रको भन्दा धेरै गुनाले प्रचुर र समृद्ध छ । सिमसार क्षेत्रबाट माछा लगायतका व्यवसाय सञ्चालन गरी विपन्न तथा खास समुदायका मानिसले जीविकोपार्जन चलाउने अवसर पाएका छन् । यसका अलावा यस्ता स्थानमा मनोरञ्जन र पर्या–पर्यटनसम्बन्धी क्रियाकलापहरू सञ्चालन गरेर असंख्य मानिसले आ–आफ्नो जीविकोपार्जन धान्ने मौका पाएका छन् । 

कृषि उत्पादनका साथै वातावरणीय सन्तुलनमा अह्म भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्र सम्पूर्ण मानव, प्राणी एवं वनस्पति जगत्को अस्तित्व जोगाउने आधार भएकोले यसलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रुपमा हेरिन्छ । त्यति मात्र होइन सिमसारसँग हाम्रो दैनिक जीवन जोडिएको हुन्छ । विश्वका लोपोन्मुख प्रजातिहरु एकसिंगे गैडा, घडियाल गोही, अर्ना नेपालका सिमसारहरुमा आश्रित र संरक्षित छन् । सयौं घुमन्ते पंक्षीहरु हिउँद याममा उत्तरी मूलुकहरु रुस, चीनका साथै यूरोप लगायतका क्षेत्रहरुबाट अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपालका सिमसार क्षेत्रहरुमा बसाई सरी आउने गर्छन् । सिमसार क्षेत्रले स्थानिय तापमान सन्तुलन राख्नमा सहयोग पु¥याई रहेको हुन्छ । त्यसैको अनुभुति हुन सक्छ पुरानो गाउँ वस्ती तथा सहरी क्षेत्रमा समेत स–साना पोखरी निर्माण गरी संरक्षण गर्ने परम्परा रहेको पाईन्छ । वाष्पिकरण प्रकृया क्रमिक रुपले भई रहने हुँदा जलचक्रलाई सन्तुलन राख्ने तथा वर्षा गराउने कार्यमा समेत सिमसारले महत्वपुर्ण भुमिका निभाएको हुन्छ । फोहर पदार्थहरुको सरलीकरण र निर्मलीकरण गरी कार्वनडाईअक्साईडको निस्काशनमा कमि ल्याउनमा समेत सिमसारले मदत पु¥याएको हुन्छ । सिमसार क्षेत्रहरुमा विभिन्न सूक्ष्म जीवाणुहरुको वासस्थान हुने भएकोले मिथेन, नाईट्रोजन अक्साईड आदिलाई बिच्छेदन गरी पानी निर्मलीकरण गर्ने प्रकृयामा समेत सिमसारले सहयोग गरी रहेको हुन्छ ।

खासगरी सीमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रयय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि । यस्ता सिमसार क्षेत्रहरुमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान मानिन्छ । राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुलर्भ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । विश्वको कुल भूभागको ०.१ प्रतिशत ओगटेको नेपाल जैविक विविधताका हिसाबले २५ औं स्थानमा रहेको छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइन्छन् । जीवनयापन र जैविक विविधतामा बाहेक नेपालमा सबै धर्म र संस्कृतिमा सिमसार क्षत्रको अत्यन्तै महत्व रहेको छ । पोखरी, ताल र नदी किनार विभिन्न चाडबाड र धार्मिक कार्यहरूमा पवित्र मानिन्छन् । मिथिला संस्कृतिअनुसार मानिने छठ पर्व यसको अनुपम उदाहरण मान्न सकिन्छ, जसअन्तर्गत नदी, ताल तथा पोखरीको किनारमा बसेर व्रतालुहरूले सूर्यलाई अघ्र्य दिने गर्छन । जँगलमा वन देवीको पुजा गरिन्छ ।सिमसारले बाढी, पहिरो, अतिबृष्टी अनि अनाबृष्टीलाई पनि प्राकृतिक संरक्षण प्रदान गरेको हुन्छ । करिब ३ अरब संसारका जनसंख्याहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरुमा उत्पादन गर्दछन् । सिमसार नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै भयावह छ । नेपालको सन्दर्भमा सिमसार उपर आश्रित वर्गको बिवरण निम्नानुसार रहेको देखिन्छः

table
No photo description available.
४. अवसर

सिमसार क्षेत्रको बुद्धिमतापूर्वक व्यवस्थापन गरी स्थानिय समुदायहरुलाई दैनिक आवश्यक पर्ने वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुको साथै सिमसार क्षेत्रमा उपलब्ध गैरकाष्ठ वन पैदावारको सदुपयोग गर्दै साना घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ, जस्तैः विभिन्न औषधीजन्य पैदावारहरुलाई घरेलु तरिकाले प्रशोधन गरी बिक्री बितरण गर्ने, चटाई, पँखा, डालो, सुकुल साथै विभिन्न सजावटको समाग्री निर्माण गरी ग्रामिण गरिब, पछाडी पारिएका र महिला वर्गहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।

जलवायु, भूगर्भ र जल परिचालन जस्ता भौतिक एवम् रसायनिक प्रक्रियाले गर्दा सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनको स्रोत प्रदान गर्दछ । पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि याहा पाइने र बसाई सरी आउने विभिन्न चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यताले पर्यटन विकास गरी विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत बनाउनमा समेत सिमसारले महत्वपूर्ण अवसर प्रदान गर्न सक्दछ  ।
जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा प्रदान समेत प्रदान गर्ने सिमसारको संरक्षण गर्नु भनेको जैविक बिबिधताको सारक्षण गर्ने अवसर प्राप्त गर्नु हो । उपयुक्त मर्मत सम्भार र संरक्षण गरिएमा सिमसारले जलवायु परिवर्तनलाई निरुत्साहित गरी यसबाट हुने जोखिमबाट बची बसोबास क्षेत्रलाई बहुउपयोगी आर्थिक, सामाजिक, साँस्कृतिक, मनोरन्जनात्मक, शैक्षिक, जैविक विविधताको विविध पक्षहरुको अनुसन्धानात्मक लाभ दिई रहन सक्दछ ।रामसार महासन्धिको पक्ष राष्ट्रको हैसियतमा नेपालले मधेश प्रदेश स्थीत विभिन्न सिमसार क्षेत्र जस्तै सप्तरीको लोहजरा दह, सिरहाको कमलदल, धनुषाको मिथिलासागर, सर्लाहीको नाडीमन ताल, भरत ताल जस्ता सिमसार क्षेत्रहरुलाई अन्तराष्ट्रिय महत्वको रामसार क्षेत्रमा समावेश गराई समस्त सिमसार क्षेत्रको संरक्षणमा अन्तराष्ट्रिय चासो र सहयोग प्राप्त हुने सम्भावनाहरु रहेका छन् ।

४. चुनौती

जीवजन्तु तथा मानव कल्याणका लागि ज्यादै नै महत्वपुर्ण मानिने सिमसार क्षेत्रको संरक्षण, बुद्धिमतपूर्ण उपयोग र व्यवस्थापन गर्न सक्नु सवै भन्दा ठुलो चुनौती हो । रामसार महासन्धिले यस बिषयलाई उच्च प्राथमिकता दिएको पाईन्छ । रामसार सुचिमा समावेश गरिएका सिमसारहरुमा समेत संरक्षण र बुद्धिमत्तापुर्ण उपयोगको सिद्धान्त लागू भएको देखिदैन । बिभिन्न प्राकृतिक (बाढी, पहिरो, भूकम्प, खडेरी आदि) तथा मानविय (प्रदुषण, बिकास निर्माण, अतिक्रमण, अधिक उपयोग आदि) कारणहरुले गर्दा साना ठुला सिमसार क्षेत्रहरु लोप हुँदै गई रहेका छन् । सन् २००९ मा गरिएको हवाइ नक्सा अध्ययनले नेपालमा लगभग पाँच हजार ३५८ तालहरु देखाएको छ । यीमध्ये तीन हजार मिटरभन्दा कम उचाइमा अवस्थित र एक हेक्टरभन्दा ठूला क्षेत्रफल भएका तीन हजार १३१ वटा (६० प्रतिशत) रहेको पाइएको छ । सन् २०१६ मा सम्पन्न स्थलगत अध्ययनले तिमध्ये ४८५ तालहरु मात्र भएको प्रमाणिकरण गरेको छ । वांकी लगभग ८५ प्रतिशत तालहरु हराएको वा मासिएको प्रमाणित भएको छ । त्यसमध्ये ९७ वटा तालको सामाजिक तथा जैविक अवस्था सन्तोषजनक पाइएको छ भने बाँकी तालहरुको खस्किदो अवस्थामा छन् । सन् २००९ को अध्ययनले भेटाएका तालहरुमध्ये तराइका १० वटा जिल्लाको हवाइ नक्सामा १०० भन्दा बढी तालहरु देखिएका थिए । सबैभन्दा बढी कपिलवस्तुमा ३५१ ताल थिए भने स्थलगत अध्ययनमा ४८ वटा मात्र (१४ प्रतिशत) भेटिए।

त्यस्तै, रुपन्देहीमा २६९ मध्ये २९, बाँकेमा २४३ मध्ये ६, धनुषामा २३० मध्ये २३, महोत्तरीमा १८६ मध्ये १२, मोरडमा १८४ मध्ये ११, नवलपरासीमा १६३ मध्ये २३, सिराहामा १४० मध्ये २३, झापामा १३६ मध्ये २० र कैलालीमा ११४ मध्ये ४८ ताल देखिएका थिए । यो ताल संरक्षणको क्षेत्रमा ज्यादै गम्भीर चुनौति हो ।पहाडी भेगको भिरोलो जमिनमा उचित प्राविधिक अध्ययन तथा परामर्शलगायत वातावरणीय प्रभाव परीक्षणबिना विकासे गतिविधि व्यापक रुपमा परिचालन भएका छन् । मापदण्ड विपरितका सडक खन्ने डोजर आतंकले अकल्पनीय रुप लिन थालेको छ । जसका कारण वर्षा याममा बाढी र पहिरोलगायत भूक्षयले विद्यमान नदी नालाहरु धमिलिदै जलीय वातावरण बिग्रिनुका साथै दैनिक रुपमा बगाएर ल्याउने लेदो तथा गेग्रान थिग्रिदै जाने प्रक्रियाले सिमसार खासगरी ताल क्षेत्रहरु तिव्र गतिमा पुरिदै गएका छन् । अहिले जल, वायु र मानव गतिविधिद्वारा सिर्जित ठोस फोहोरमैला नदी, नाला, खोला खोल्सा, पोखरी, ताललगायतका क्षेत्रमा विर्सजन गर्ने बानीले सिमसार क्षेत्र वातावरणीय प्रदूषणको चपेटामा परेको छ । यसबाहेक विश्वव्यापी रुपमा फैलिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावले अछुतो नभएकाले सिमसार क्षेत्रहरु सुकेर जमिनमा परिणत भइरहेका छन् । त्यस्तै, अधिकांश तालतलैयाहरुमा जलकुम्भि लगायत मिचाह प्रजातिका जलीय वनस्पतिहरुको बिगबिगी छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थागत तथा नीतिगत अस्पष्टता, व्यवस्थापनमा जिम्मेवारी अभाव, अपर्याप्त प्राविधिक संस्थागत तथा वित्तीय क्षमताका कारण सिमसार क्षेत्रको संरक्षण कार्य चुनौतीपुर्ण छ ।

५. अवको बाटो

एक बिशिष्टीकृत पारस्थितिकय प्रणालीको रुपमा रहेको सिमसार क्षेत्रलाई सरकारको प्राथमिकता प्राप्त कार्यक्रममा राखी सोही अनुरुप सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापनका खातिर आश्रित वर्गको परम्परागत उपभोग अधिकार समेतलाई सुरक्षित गर्न सवै तहका सरकारले लगानीको बातावरण मिलाउनु पर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीको लागी नागरिक समाजले समेत आवश्यक पहल कदमी लिन जरुरी छ । राजनैतिक दलहरु समेतले दलको घोषणा पत्रमा सिमसार क्षेत्रको संरक्षण तथा बुद्धिमतापुर्ण उपयोग सम्वन्धी पर्यावरणिय प्रतिवद्धता जाहेर गर्न सक्नु पर्दछ । स्थानीय उपभोत्ताहरुको प्रत्यक्ष सहभागितामा सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोग गर्ने तर्फ पाइला चाल्नु टड्कारो आवश्यकता भै सकेको छ । खासगरी आदिमकाल देखि सिमसार क्षेत्रको संरक्षण र उपयोग गर्ने सन्दर्भमा आदिवासी समुदायहरुले पु¥याएको योगदानलाई कदर गर्दै उनीहरुलाई अझ बढी क्रियाशिल गराउन जरुरी देखिन्छ । उदाहरणतः माछा लालमोहर पाएका बोटे, माझी, धिमाल, सन्थल, थारु जातिहरु, किपट पाएका किराँती जालहरी जातीहरुमा उनीहरुको ऐतिहासिक अधिकार पुनः स्थापना गर्न जरुरी छ ।विश्व संरक्षण संघ नेपाल लगायत अन्य पक्षहरुवाट भई रहेका अध्ययनहरुले विभिन्न भौगोलिक क्षेत्रमा अवस्थित आदिवासी र स्थानीय समुदायहरुको सिमसार क्षेत्रहरु सँगको न्यायिक सम्बन्धले महत्व पाउन नसकेको पुष्टि गर्दछ । जलविधुतको निम्ति विश्वको दोश्रो धनी राष्ट्र नेपाल र नेपाली समाजको निम्ती वर्तमानको राष्ट्रिय सिमसार नीति अपर्याप्त भएको देखिन्छ । हाम्रो समाजमा हाल सम्म सिमसारलाई आर्थिक महत्वले खासै हेरिएको पाईदैन । त्यसमा पनि यस्ता अध्ययनहरु केवल तराई क्षेत्रका मुख्य मुख्य सिमसार क्षेत्रहरुमा मात्र सिमिति भएको पाईन्छ ।

द्रुतगतिमा बढ्दो शहरी जनसँख्याले शहरी योजनाकार तथा व्यवस्थापकमा चुनौति थपेकोछ । अबको शहरी व्यवस्थापनले बसोवास, यातायात, पानी र अत्यावश्यक भौतिक सुविधाको अतिरिक्त तिनको सुरक्षा, बास योग्यता र बातावरण मैत्री सुचकलाई समेत सुनिश्चित गर्नु पर्दछ ।सरकारले ‘सीमसार बुद्धिमत्तापूर्ण’ ढंगले प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेको छ । सरकारी नीतिअनुरुप, मानवजातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नुपर्दा रामसारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू लागु गरिनु पर्दछ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गरिनु पर्दछ । सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गरिनु पर्दछ ।

बिभिन्न किसिमका स्वच्छता तथा सौन्दर्यीकरण अभियानको नाममा मधेश प्रदेशमा प्राकृतिक अवस्थामा रहेका ठुलठुला पोखरी तथा तलावहरुमा गरिने कन्क्रिट कार्य तत्काल रोकि बातावरणमैत्री संरक्षण तथा स्वच्छता सम्वन्धी कार्यलाई प्राथमिकता दिईनु पर्दछ । प्रदेश स्थीत विभिन्न सिमसारहको पहिचान तथा संरक्षणको लागी मधेश प्रदेश सिमसार गुरुयोजना तयार गरी सोही बमोजिम सिमसार क्षेत्रको संरक्षण र बुद्धिमतापुर्ण प्रयोग गरिनु पर्दछ । प्रदेश राजधानी जनकपुरधाम लगायत विभिन्न जिल्ला स्थित  विभिन्न ऐतिहासिक पोखरी तथा तलावहरु गुणात्मक संरक्षणको लागी विशेष कार्यक्रम लागु गरिनु पर्दछ ।तराई मधेशको सिमसार क्षेत्रहरुको लागी पानी रिचार्ज जोनको रुपमा रहेको चुरे क्षेत्र संरक्षणको लागी मधेश प्रदेशले छुटै निकाय स्थापना गरी कार्यक्रम सञ्चालन गर्नु पर्ने देखिन्छ ।

६. साराँश

यद्यपि हरेक क्षेत्रबाट असीमित रुपमा सिमसार क्षेत्र घटिरहेका छन् । विश्वभर सिमसार क्षेत्र संकुचित मात्र भइरहेका छैनन्, तिनको गुणस्तर पनि गिर्दाे छ । यसको प्रत्यक्ष असर सिमसार आश्रित जीव, वनस्पति एवं सिंगो पर्यावरणीय चक्रमा परिरहेको छ । जनसंख्या वृद्धि, प्राकृतिक स्रोतमाथिको दोहन आदिका कारण सिमसार क्षेत्रको अस्तित्व संकटमा परेको छ । अति संवेदनशील संकटापन्न जीवजन्तु र वनस्पति संरक्षणमा सिमसारको महत्व रहेकाले यी क्षेत्रको विशेष रुपमा पहिचान गरी संरक्षण गर्न जरुरी छ ।

सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र सम्वद्र्धनमा यथोचित ध्यान दिनु पर्दछ ।आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तब्य हैन र ? कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरुलाई कानुनी सजायँको दायरामा ल्याउन जरुरी छ । सवैको लगानी आवश्यक छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व संकटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको सरंक्षण गर्न अघि बढ्न जरुरी छ ।फेवु्रअरी–२ को ‘सिमसार दिवस’को अवसरमा सबैमा बहुमूल्य प्राकृतिक स्रोत संरक्षणमा हामी सबैमा चेतना आओस् । आउनुस सिमसार क्षेत्र संरक्षणको लागी हातेमालो गरौ । राजनैतिक प्रतिवद्धता जाहेर गरौ । सवैले लगानी गरौ । शुभकामना ।

सन्दर्भ सामग्री

१. सिमसार विकिपिडिया

२. यी हुन नेपालका सिमसार क्षेत्र, सुनिता पहरी÷उज्यालो ।

३. सिमसार क्षेत्र संरक्षणको सन्दर्भ, सुदर्शन अधिकारी

४. सिमसार क्षेत्र मासिने क्रम तीब्र, माघ २२, २०७७

५. ‘सिमसार जैविक विविधताको घर हो’, हिमालखबर शुक्रबार, १९ माघ, २०७४

६. सिमसार–भूमि ः नेपाललाई प्रकृतिको वरदान

७. किन आवश्यक छ सिमसार क्षेत्रको संरक्षण ?, मोहम्मद सदरुल ÷ विराटनगर । 

८. सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू, देवराज गौतम

९. संकटमा नेपालका सिमसार, जुद्धबहादुर गुरुङ मंगलबार, २० माघ, २०७७

१०. नेपालमा कस्तो छ सिमसारको अवस्था?, जुद्धबहादुर गुरुङ मंगलबार, २० माघ, २०७७

  1. A Map Based Inventory of Lakes in Nepal, UR Bhuju and et.al
  2. Inventory of Lakes in Nepal, National Lake Conservation Development Committee (NLCDC), Ministry of Forests and Environment, Government of Nepal, February 2021
  3. National Ramsar Strategy and Action Plan, Nepal (2018-2024)
  4. What are the benefits of wetlands?, thethirdpole.net
  5. Wise use of Wetlands in Nepal, B.B. Bhandari

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ