राज्यमन्त्री मण्डलद्वारा विद्यालयमा कम्प्युटर वितरण तथा वृक्षरोपण

समाचार

9/16/2018

लहान, १५ भाद्र । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २/२ थान कम्प्युटर आज वितरण गरेका छन् ।

मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा सबैको पहुँचका निमित्त आफू निर्वाचित भएको क्षेत्रमा संसदीय विकास कोषको रकमबाट सामुदायिक विद्यालयलाई राज्यमन्त्री मण्डलले कम्प्युटर वितरण गरेका हुन् । सो अवसरमा मन्त्री मण्डलले विद्यालयमा वृक्षरोपण समेत गरेका थिए ।

सिरहाको कल्याणपुर, डरौल, भेरीया र वर्छवास्थित विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ