रुपन्देही, ३१ भाद्र । स्वतन्त्र मधेश गठबन्धनका दुई जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ लुम्बिनी संस्कृति नागरपालिका २ बाट रामचन्द्र यादव र चन्द्रभुषण वर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा मृत्यु भएका बाँके जिल्लाका राम मनोहर यादवप्रति श्रद्धाञ्जलीका लागि प्रचार प्रसार गरिरहँदा उनीहरुलाई प्रहरीले बिना पक्राउ पुर्जी पक्राउ गरेको गठबन्धनका नेता जासर यादवले मधेशवाणीलाई बताए ।
तपाईको प्रतिक्रिया