रामनगरको घटनाबारे निष्पक्ष छानबिनका लागि ज्ञापन

राजनीति

11/2/2018

सर्लाही, १५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिका–४ बोहर्वामा दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।

झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि भइरहेको कुप्रचार, घटनालाई अनावश्यकरुपमा उत्तेजित बनाउन गरिएका क्रियाकलाप, सुनियोजितरुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ