संविधान संशोधन नभएसम्म समृद्धि सम्भव छैन : सांसद यादव

राजनीति

9/29/2018

वीरगंज, १३ असोज । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले सविधान संशोधनका लागि नै फोरम सरकारमा सहभागी भएको दाबी गरेका छन् ।

उनले सविधान संशोधन नभएसम्म मुलुकमा स्थायी शान्ति नआउने दावीसमेत गरेका छन् ।

फोरमको भ्रातृृ संगठन समाजवादी विद्यार्थी फोरम नेपाल, पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै सांसद यादवले यस्तो दाबी गरेका छन् ।

उनले मधेशी, मुस्लिम र पहाडका जनजातिलगायत मुलुकका आधाभन्दा बढी जनतालाई पाखा लगाएर समृद्धिको कुरा गर्नु बालुवामा पानी पटाउनु जस्तै भएको बताए ।

नेता यादवले संविधान संशोघन पछि मात्रै मधेश वा पुरै देशको समृद्धिका कुरा उचित हुने बताए । मधेशको मागलाई बेवास्ता गरेसम्म मुलुकमा राजनीतिक अन्यौलता रहिरहने बताउँदै अविलम्ब सविधान संशोधनतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

शनिबार वीरगन्जको रानीसती धर्मशालामा सम्पन्न भएको कार्यक्रममा अधिवेशन सफलताको शुभकामना दिँदै नेता यादवले सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद दिएका छन् ।

उनले देशको भविष्य विद्यार्थीहरु भएको र सबै आन्दोलन जस्तै मधेश आन्दोलनहरुमा पनि बिद्यार्थीहरुको भूमिका र लगानीलाई पार्टीले कुनैपनि हालतमा बिर्सन नसक्ने बताए ।

समाजवादी विद्यार्थी फोरम पर्सा जिल्ला तदर्थ समितिका अध्यक्ष एजाजÞ बाबु रांकिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि समाजवादी विद्यार्थी फोरमका प्रदेश न.२ का ईन्चार्ज एंवम संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कन्हैया साह, संघीय समाजवादी फोरम नेपाल पर्साका ईन्चार्ज बिरेन्द्र यादव, फोरम नेपाल पर्साका जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी जिल्ला सहसचिव मुकेश द्विवेदी, जिल्ला सदस्य तवरेज अहमद, नगर अध्यक्ष ईश्वर यादव नगर कोषाध्यक्ष सज्जन अग्रवाल, समाजवादी विधार्थी फोरमका केन्द्रीय सचिवालय सदस्य निखिल बरनवाल , केन्द्रिय सदस्य सुजित गिरी ,प्रदेश न.२ का अध्यक्ष दिपेश यादव ,सिरहा जिल्ला अध्यक्ष विजय महतो लगायत नेताहरुले अधिवेश सफलताको शुभकाना मन्तब्य दिदै संगठनलाई अझसशक्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन समेत दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ