दलतन्त्रको अन्त्य गरी देशमा लोकतन्त्र स्थापना गर्न प्रवक्ता साहको अपील

राजनीति

काठमाडौं, ६ जेठ । आम जनता पार्टीका केन्द्रीय प्रवक्ता तथा आईटी आर्मीका अध्यक्ष समेत रहेका चन्द्र भुषण साहले देशबाट अब दलतन्त्रको समुल नष्ट गर्दै लोकतन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।

शुक्रवार साँझ सामाजिक सञ्जाल मार्फत उनले, देशमा कथित गणतन्त्रको नाममा मुठ्ठीभर नेता र तीनका आसेपासेको दलतन्त्र हावी भएको बताएका छन् ।

उनले भने, “नेपाली कांग्रेस, नेकपा (एमाले) वा देशका अन्य कुनैपनि शासक पार्टीहरु भित्र रहेका मुठ्ठीभर भ्रष्ट बेईमान नेता र केवल तिनका सीमित चम्चाहरुले गरेको ब्रह्मलुट, अपराध र अकर्मण्यताले गर्दा नै देश आज यस्तो कहालीलाग्दो जरजर संकटबाट गुज्रन बाध्य छ । परिणामतः घृणा एवं बदनामी ती दलका अधिकांश अन्य ईमानदार नेता – कार्यकर्ताहरुको पनि भैईरहेकै छ ।“

त्यसैले, अब हामी आम नेपाली जनताले नमस्कार गर्दा सहजै नमस्कार सम्म पनि नफर्काउने कथित गणतन्त्र नेपालका नव सामन्त एवं छोटे राजा यानेकी विशेष वर्गका नेता र पार्टीहरुलाई लत्याउदै तपाई हाम्रो आफ्नै आम श्रमजीवी तथा उत्पीडि़त वर्ग र समुदायको एकमात्र पार्टी आम जनता पार्टीमा गोलबन्द भई देशबाट मुठ्ठीभर नेताको दलतन्त्रको अन्त्य गर्दै आम जनताको वास्तविक लोकतन्त्र स्थापना गर्नुको विकल्प नरहेको प्रवक्ता सीबी साहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ