काठमाडौं, २६ कार्तिक । चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।
काठमाडौं, २६ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका पूर्वकर्मचारी राजकुमार महतोलाई कार्यस्थलमा जातीय विभेद, उत्पीडन र अन्याय गरी जागीरबाट निकाल्ने कार्य गरेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
जलेश्वर, २६ कार्तिक । प्रदेश २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाँडा बनाउने पुर्ख्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ ।
महोत्तरी, २६ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।
बारा, २६ कार्तिक । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत बारा–३ मा २८ वटा योजना छनौट गरिएकोमा २० वटा सम्पन्न भएको छ ।
काठमाडौं, २६ कार्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।
जनकपुरधाम, २५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौं, २५ कार्तिक । जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रुपन्देही, २५ कार्तिक । सिद्धार्थनगर नगरपालिका–१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ कार्तिक । भारतका विदेश सचिव हर्षबर्धन श्रृंगला आउँदो महिना नेपाल आउने भएका छन् । उनी यही नोभेम्बरको अन्त्य अर्थात मंसिरको दोश्रो साता काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
काठमाडौं, २५ कार्तिक । बिहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना मंगलबारबाट सुरु भएको छ । बिहारमा तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो ।
जनकपुरधाम, २५ कार्तिक । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानुन निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको हो ।
काठमाडौँ, २५ कार्तिक । प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ असोज ११ गतेको निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अङ्ग्रेजीमा 'Federal Democratic Republic of Nepal' लेख्ने गरिएकोमा त्यसको सट्टा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल‘ र अङ्ग्रेजीमा 'Nepal' लेख्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन निर्देशन दिएको कुरा त्यस समितिका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।
वीरगञ्ज, २४ कार्तिक । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख...
काठमाडौं, २४ कार्तिक । नेपालले दुई छिमेकी देश भारत र चीनसँग सुपुर्दगी सन्धिका लागि तयारी थालेको छ । भारतसँग सन् २००५ मा नै सचिवस्तरमा सन्धिमा हस्ताक्षर भइसकेको थियो ।
काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औ ंजन्मजयन्ती तथा दुईवर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन् ।
काठमाडौं, २४ कार्तिक । भारत सरकारको नेरु. २.६२४ करोड आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा भवन निर्माण भएको छ ।
काठमाडौं, २४ कार्तिक । उखु किसानहरुको पीडाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिएकी छन् । उखु किसान संघर्ष समिति सर्लाहीका प्रतिनिधिहरुले राष्ट्रपति भण्डारीलाई भेटेर आफ्नो पीडा सुनाएका छन् ।
काठमाडौं, २३ कार्तिक । आन्दोलनरत् उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् ।
बर्दिबास, २३ कार्तिक । रोटरी क्लब बर्दिबासले महोत्तरीस्थित बर्दिबास अस्पताललाई एक थान पीसीआर मेसिन उपलब्ध गराएको छ ।
जनकपुरधाम, २३ कार्तिक । प्रदेश २ सरकारले प्रदेश निजामती ऐन पारित भएसँगै कर्मचारी भर्नाको आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमार्फत तीन तहमा कर्मचारी भर्ना गर्ने भएको छ ।
जलेश्वर, २३ कार्तिक । महोत्तरी जिल्लाको रातु नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एक जेसिबीसहित पाँच ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, २३ कार्तिक । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्रयाउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ ।