9/27/2020

सिरहा, ११ असोज । सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन भएको छ । नगर शिक्षा समितिको बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

9/27/2020

रौतहट, ११ असोज । मेयर र उपमेयरबीचको विवादले रौतहटमा चार पालिकाको परिषद् हुन सकेको छैन । देबाही गोनाही, राजदेबी, कटहरिया र फतुवा बिजयपुर नगरपालिकाको परिषद् अझै हुन सकेको छैन ।

9/27/2020

जनकपुरधाम, ११ असोज । प्रदेश २ सभाको बैठक बस्न नसक्दा करिब एक दर्जन विधेयक संसदीय समितिमै अड्किएका छन् । प्रदेश सभाको चौथो अधिवेशन गत ३१ असारमा सकिए पनि पाँचौँ अधिवेशन आह्वान भएको छैन ।

9/26/2020

रौतहट, ११ असोज । लगातारको वर्षाका कारण रौतहट जिल्लामा सयौ विघा जग्गामा लगाइएको धानवाली डुबेका छन् । चार दिनसम्म परेको पानीले किसानहरुले आफ्नो खेतमा लगाएका धानवाली पानीमा डुबेको हो ।

9/26/2020

बर्दिया, १० असोज । जनमत पार्टी बर्दियाले शनिबार चार वटा गाउँ इकाई समिति निम्न गठन गरेको छ । गुलरिया नगरपालिकाको वार्ड नम्बर ८ को आशापुरमा जगन्नाथ लोधको अध्यक्षयतामा २१ सदस्य गाउँ समिति गठन गरेको छ ।

9/26/2020

सर्लाही, १० असोज । हरिवन नगरपालिका–३ मोहनपुर बस्ने ८६ वर्षीय पदम बहादुर परियारको सोही ठाउँस्थित लखनदेही खोलामा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

9/26/2020

चितवन, १० असोज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिका–८ बस्ने ४१ वर्षीय जुद्धवीर स्याङताङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

9/26/2020

काठमाडौं, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् ।

9/26/2020

सुनसरी, १० असोज । अविरल वर्षापश्चात् आएको बाढीका कारण सुनसरी जिल्लाको एक उद्योगमा २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट भएको छ ।

9/25/2020

जनकपुरधाम, १० असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

9/25/2020

वीरगञ्ज, ९ असोज । वीरगञ्ज महानगरपालिकामा १० जनासहित पर्सा र बारामा गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

9/25/2020

वीरगञ्ज, ९ असोज । पर्सामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

9/25/2020

राजविराज, ९ असोज । लगातारको वर्षाले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् । जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

9/25/2020

राजविराज, ९ असोज । विभिन्न मुद्दामा फरार रहेकामध्ये १५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतमा रहेको मुद्दामा फैसला भइ सजाय तोकिइसकिएको भएपनि फरार रहदै आएका उनीहरुलाई जिल्लाका विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको हो ।

9/25/2020

काठमाडौं, ९ असोज । सबैभन्दा जटिल विवाद रहेको प्रदेश २ मा पार्टी एकताको काम निर्धारित समयभित्र टुंगाउन नेकपाभित्र गृहकार्य सुरु भएको छ । उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागले प्रदेश २ का विभिन्न जिल्लामा देखिएका विवाद समाधान प्रयास थालेको हो ।

9/25/2020

काठमाडौं, ९ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गरेका छन्।

9/25/2020

काठमाडौं, ९ असोज । अन्तर्राष्ट्रिय कानुन तथा मान्यताविपरीत चीनले नेपालसँग जोडिएका व्यापारिक नाका बन्द गर्दा झन्डै २० अर्ब रुपैयाँबराबरका सामग्री केरुङ र ल्हासामा अलत्रप परेको छ ।

9/25/2020

जनकपुरधाम, ९ असोज । धानको न्यूनतम् समर्थन मूल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश सरकारबीच छलफल सम्पन्न भएको छ ।

9/24/2020

काठमाडौं, ८ असोज । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेट गरेका छन् ।

9/24/2020

काठमाडौं, ८ असोज । सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन् ।

9/24/2020

राजविराज, ८ असोज । सप्तरीमा ४ नेपाली सेना, १ प्रहरी र १ अनमीसहित १५ जना कोरोना संक्रमित थपिएका छन् ।

9/24/2020

महोत्तरी, ८ असोज । कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ ।

9/24/2020

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै सरकारले हतारोमा धारणा सार्वजनिक...

9/24/2020

काठमाडौं, ८ असोज । सरकारले हालै नेपाल ल्याएका दुई वटा रेल चलाउन भारतबाट कर्मचारी ल्याउने भएको छ ।

9/24/2020

विराटनगर, ८ असोज । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

ट्रेन्डिङ