सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिकस्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन्।
इमरान खान, कपिलवस्तु र साजन सप्लायर्सका प्रमुख विश्व शाह (सजहर पाखिया) को आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता तथा बुद्धभूमि नगरस्तरीय अन्डर–१७ ब्याडमिन्टन प्रतियोगिता बुद्धभूमि नगरपालिका वडा नं. ८ हरिहरपुरमा सुरु भएको छ ।
महोत्तरी । संघीय गणतान्त्रिक गठबन्धनका संयुक्त उम्मेदवार पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो. रिजवान अन्सारीले महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रचार–प्रसार अभियानलाई तीव्ररूपमा अघि बढाएका छन् ।
कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आँखा अस्पताल टोलमा दिपेन्द्र श्रीवास्तवको घरबाट बुधबार राति लाखौंको चोरी भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन् ।
राकेश यादव, रौतहट । फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोयन पत्र दर्ताको कार्य सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनको लागि देशभरिको १६५ निर्वाचन क्षेत्रमा मनोयन पत्र दर्ता भएको छ ।
नेपालगञ्ज । युवा गैर सरकारी संस्था महासंघ बाँके शाखाले नेपालगञ्मा जेनजी युवाहरु र सरोकारवालाहरु बिच संवाद कार्यक्रम सम्पन्न गरेका छ ।
रौतहट । संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता आत्माराम साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)संग पार्टी एकीकरणका साथै पार्टी प्रवेश गर्ने लहर चलेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा पार्टी एकीकरण र पार्टी प्रवेश दिनदिनै भइरहेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बारा । हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौं । सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनविद्रोह तथा जनआन्दोलनका प्रथम महान वीर शहीद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।
सप्तरी । डा.शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले समानुपातिक मधेशी अपाङ्ग कोटामा बबिता कुमारी मण्डलको नाम समावेश गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवराम यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट आउँदो प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेको छ ।
अर्जुन साह, बारा । “सक्षम बालिका समृद्ध मधेश“ भन्ने मुल नाराका साथ सिमरामा मधेश बालिका सम्मेलन सम्पन्न भएको छ ।