विराटनगर, ७ बैशाख । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।
काठमाडौं, ७ बैशाख । भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा (एम्स) पढाइ गरिरहेका नेपाली विद्यार्थीहरु अहिले कोरोनाका बिरामीको उपचारमा खटिएका छन् । उनीहरु त्यहाँ एमडी एमएस तहमा अध्ययनरत छन् ।
कैलाली, ७ वैशाख । धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय
पर्सा, ७ बैशाख । पर्सागढी नगरपालिका–५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ७ बैशाख । कैलारी गाउँपालिका–२ रामपुर बस्ने ३४ वर्षीया चन्द्रा बोहराको गहुँ थ्रेसर गर्ने क्रममा अचानक थ्रेसर मेशिनभित्र पस्न गई मृत्यु भएको छ ।
काठमाडौं, ७ बैशाख । सशस्त्र प्रहरीले भारतीय सीमानाका सिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप फौज परिचालन गरेको छ । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरेको छ ।
जनकपुरधाम, ७ बैशाख । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।
रौतहट, ६ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब एवं किसानहरुलाई राहत तथा क्षतिपुर्ती दिन सरकारसंग माग गरेका छन् ।
जनकपुरधाम, ६ बैशाख । जनकपुरधामको महावीर चौकमा पैसा फाल्ने महिलाहरुको कोरोना परीक्षण गर्दा उनीहरुमा आरडीटी पोजेटिभ रिजल्ट आएको छ ।
राजविराज ६ बैशाख । लकडाउनको समयमा समस्यामा परेका राजविराज नगरपालिकाले वडा ११ मा अतिगरिव तथा विपन्न किसान र मजदुरलाई राहत वितरण गरेको छ ।
मोरङ, ६ बैशाख । केराबारी गाउँपालिका–८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, ६ बैशाख । नेपाल–भारतसँग सिमाना जोडिएको दाङ खण्डमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि परिचालन गरिएको छ । दश स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
काठमाडौं, ६ बैशाख । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको देखिएको छ ।
काठमाडौं, ६ बैशाख । नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका छन्।
काठमाडौं, ६ बैशाख । नेपालले भारत र चीनका सरकारी निकायबाट १२० प्रकारका औषधि तथा स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ ।
रौतहट, ६ बैशाख । वर्षासँगै आएको हावाहुरी र अशिनाका कारण रौतहटमा ठूलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा विद्युत् आपूर्ति ठप्प भएको छ ।
काठमाडौं, ६ बैशाख । पहिचानमा आधारित संघीय गठबन्धन, २०६५ ले वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न सर्वदलीय–सर्वपक्षीय संयन्त्र गठन गर्न माग गरेको छ ।
काठमाडौं, ५ बैशाख । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारतलाई सम्झौता पत्रको ड्राफ्ट पठाएको छ ।
काठमाडौं, ५ बैशाख । नेपालस्थित भारतीय दूतावासले लकडाउनको प्रभावमा परेका र घर जान नपाई काठमाडौंमै अड्किएर बसेका आफ्ना नागरिकलाई राहत वितरण गरेको छ । यो कार्य दूतावासले जारी राखेको छ ।
काठमाडौं, ५ बैशाख । भारतमा लकडाउन जारी रहेको बेला आसाम राज्यले चीनबाट ५० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) हवाईमार्गबाट भित्राएको छ ।
रुपन्देही, ५ बैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।
काठमाडौं, ५ बैशाख । सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।
काठमाडौं, ५ बैशाख । चीनले भारतलाई कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।