रौतहट, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब, किसान परिवारलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन सरकारसग माग गरेका छन् ।
कपिलवस्तु, १३ बैशाख । जिल्लाको मायादेवी गाउँपालिका वडा नं.१ पकडीमा रहेको युवा कल्याण समाजले कपिलवस्तुको बाल गृहमा गई अनाथ बालबलिकालाई राहत सामग्रीसहित नगद रकम सहयोग गरेको छ ।
बर्दिया, १२ बैशाख । भारतको बहराइचमा रहेका बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियासँग सीमा जोडिएको बहराइचमा एक नेपालीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बैतडी, १२ बैशाख । महाकाली नदीमा ट्युबमार्फत नेपालीहरु स्वदेश फर्कन क्रम नरोकिएपछि बैतडीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सशस्त्र प्रहरी खटाइएका हुन् । तर सीमामा रहेका सशस्त्र प्रहरीहरुले विभिन्न समस्या झेल्दै आएका छन् ।
काठमाडौं, १२ बैशाख । लकडाउनलाई प्रभावकारी बनाउन नेपाल–भारत सीमामा डेढ–डेढ किलोमिटर दूरीमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । लकडाउनको सबैभन्दा प्रमुख चुनौति नेपाल–भारतको खुला सीमा भएकोले २२६१६ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं, १२ बैशाख । कोरोना भाईरसको संक्रमण सीमा क्षेत्रबाट भित्रिन नदिन प्रदेश ५ का भारतसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । प्रदेश ५ का सीमावर्ती जिल्लाहरू पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका सीमा क्षेत्रलाई पूर्ण रूपमा शील गरिएको छ ।
जनकपुरधाम, १२ बैशाख । कोरोना महामारी (कोभिड(१९) संक्रमण तथा नियन्त्रणका लागि वर्ल्ड भिजनले १ सय २५ थान सुरक्षा कवच प्रदेश २ सरकारलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं, १२ बैशाख । सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दुवै अध्यादेशको सत्तारुढ दलभित्रै र विपक्षीहरुले चौतर्फी विरोध गरेका थिए ।
कैलाली, १२ बैशाख । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सडकमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
बाँके, १२ वैशाख । जिल्लाको बैजनाथ गाउँपालिकामा नालामा जमेको पानीमा डुबेर तीन बालकको ज्यान गएको छ ।
राजविराज, ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएसँगै सप्तरीमा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरूले मैनबति प्रज्ज्वलन गरेका छन् ।
काठमाडौं, ११ बैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण सहमतिपश्चात् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, ११ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको युद्धमा आफ्नो देश नेपालको साथमा रहेको बताएका छन् ।
काठमाडौं, ११ बैशाख । नेपाली सेनाले भारतको सरकारी कम्पनीबाटै औषधि खरिद गर्ने भएको छ । भारतको औषधि विभाग अन्तरगतको कम्पनी ब्युरो अफ फार्मा पीएसयूएस इन्डिया (बीपीपीआई) बाट औषधि खरिद गर्ने भएको हो ।
बारा, ११ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्वर १२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ ।जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्तिलाई कोभिड १९ नियन्त्रणको लागि सीमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणपति, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुबेदीले बताए ।
काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री के पी शर्मा ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् ।
काठमाडौं, ११ बैशाख । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ । रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
मोरङ, ११ बैशाख । सुनबर्सी नगरपालिका–५ टकुवा बस्ने सन्तोष मण्डलको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, ११ बैशाख । बाँके जिल्लाको खजुरा गाउँपालिका–८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० बैशाख । कोभिड–१९ विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।
काठमाडौं, १० बैशाख । नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि आवश्यक औषधि खरिदका लागि २ करोड ४० लाख बढी भुक्तानी दिन लागिएको हो ।
काठमाडौं, १० बैशाख । अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा कुराकानीमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ ।
काठमाडौं, १० बैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौं, १० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम एवं नियन्त्रणका लागि सरकारलाई १२ काम गर्न सुझाव दिएका छन् ।