5/1/2020

काठमाडौं, १९ बैशाख । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसँग माग गरेको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका छन् ।

5/1/2020

नेपालगन्ज, १९ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारबाट १० बजेदेखि औषधी बाहेकका सबै पसल बन्द गर्ने सूचना जारी गरेको छ ।

5/1/2020

कैलाली, १९ बैशाख । कैलालीको जोशीपुर गाउँपालिकाले राहत वितरण सुरु गरेको छ । गाउँपालिकाअन्तर्गतका विभिन्न वडामा राहत वितरण गर्न सुरु गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा १७ सय ९८ घर परिवारलाई राहतवितरण गर्ने भएको छ ।

5/1/2020

वीरगञ्ज, १८ बैशाख । प्रदेश २का बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीव्र बनाइएको छ ।

5/1/2020

बैतडी, १८ बैशाख । ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ ।

5/1/2020

विराटनगर, १८ बैशाख । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनको अवधिमा पनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको ३५ दिनको अवधिमा सो नाकाबाट ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र फलफूल भित्रिएको हो ।

5/1/2020

पर्सा, १८ बैशाख । वीरगंज महागरपालिका–१६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका(१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

4/29/2020

काठमाडौं, १८ बैशाख । कोरोना विश्वव्यापी महामारीको कारण नेपालमा एक महिना भन्दा बढीको लकडाउनले गर्दा श्रमिक, अति विपन्न, दलित, अभावमा रहेका तथा पहुंच नभएका परिवारहरु भोकमरीको शिकार भई रहेका छन् ।

4/29/2020

महोत्तरी, १८ बैशाख । महोत्तरीको विभिन्न गाउँ र नगरपालिकाको राहत मापदण्डमा एकल महिला, गर्भवती र सुत्केरी तथा विपन्न बालबालिका नपरेकोमा गुनाँसो गरेका छन् ।

4/29/2020

मोरङ, १८ बैशाख । विराटनगर महानगरपालिका-१३ गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्कँदा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदरको मृत्यु भएको छ ।

4/29/2020

रौतहट, १८ बैशाख । जिल्लामा दुई जनामा कोराना संक्रमण पुष्टि भएसँगै लकडाउनमा थप कडाई गरिएको छ । अन्य समयको तुलनामा जिल्लामा लकडाउनमा कडाइ गरिएको हो ।

4/29/2020

जनकपुरधाम, १७ बैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि संकलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब संकललन गरिएपछि यो सङ्ख्या बढेको हो ।

4/29/2020

काठमाडौं, १७ बैशाख । आगामी आवदेखि भारतीय दूतावासले ५ करोड रुपैयाँसम्मका साना विकास परियोजनामा ‘अर्थ मन्त्रालयलाई सूचना दिएर मात्रै’ अनुदान सहयोग गर्ने प्रक्रिया थालेको छ ।

4/29/2020

वीरगन्ज, १७ बैशाख । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । वीरगन्ज महानगरपालिकाका एक सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

4/29/2020

काठमाडौं, १७ बैशाख । भारतीय चलचित्र जगत्का चर्चित अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा निधन भएको छ ।

4/29/2020

कपिलवस्तु, १७ बैशाख । यशोधारा गाउँपालिका–६ रामपुर बस्ने ४० वर्षीया आरती चाईको करेण्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

4/29/2020

मोरङ, १७ बैशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कानेपोखरी गाउँपालिका–३ बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–६ घर भएका १४ वर्षीया आस्विन घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

4/29/2020

मोरङ, १७ बैशाख । कटहरी गाउँपालिका–३ कटहरी चोकबाट अवधै घरलु मदिरा करिब ५ सय ५९ लिटर सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

4/29/2020

वीरगन्ज, १७ बैशाख । बाराका २ दुई र पर्साका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

4/28/2020

राजविराज, १७ बैशाख । एसईई परीक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागि एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम बैशाख १८ बिहीबारदेखि सञ्चालन गर्ने भएको छ ।

4/28/2020

महोत्तरी, १७ बैशाख । कोरोना भाइरसबाट जोगिन सरकारबाट जारी लकडाउनको फाइदा उठाउँदै तस्कर, अवैध कारोबारी तथा शिकारीहरुको वन जंगलमा रजाँई गर्न थालेपछि त्यहाँको जनावर अहिले दक्षिणवर्ती गाउँदेहातमा आतंक मचाउन थालेका छन् ।

4/28/2020

काठमाडौं, १६ बैशाख । सरकारले कोरोनाभाइरस (कोभिड(१९) को परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको पोर्टेबल पिसिआर मेसिन प्रभावकारी नभएपछि थन्किएको छ ।

4/28/2020

काठमाडौं, १६ बैशाख । प्रदेश २ सरकारले प्रदेशका अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ । भर्चुअल प्रेस मिटमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश २ मा गरिबीको रेखामुनिको जनसंख्या धेरै रहेको र अधिकांश परिवारमा मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोमा सहज पहुँच नभएकाले तत्कालै अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएको बताएका हुन् ।

4/28/2020

काठमाडौं, १६ बैशाख । बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो ।

ट्रेन्डिङ