सप्तरी, २ बैशाख । सप्तरीको विभिन्न स्थानीय तहमा मंगलबार भव्यतापुर्वक ‘एकता नाद’ सफल गरिएको छ ।
हेटौँडा, २ बैशाख । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीबीच टेलिफोन वार्ता भएको छ ।
काठमाडौं, २ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले मंगलबार बिहान विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।
काठमाडौं, २ बैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको हो ।
जनकपुधाम, २ बैशाख । प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ । सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ ।
कपिलवस्तु, २ बैशाख । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ का बिशाल पोख्रेल रबिले विपत राहत प्रकोप व्यवस्थापन कोषमा एक लाखको सहयोग गरेका छन् ।
बाँके, २ बैशाख । नेपालगंज उपमहानगरपालिका–१८ बस्ने बसन्त कुँवरको घरमा आफैले संचालन गरेको लक्ष्मी इलेक्ट्रोनिक प्रालिमा आइतबार साँझ ग्याँस लिक भएर आगलागी हुँदा उक्त प्रालिमा रहेको मेशिन तथा कच्चा पदार्थ जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, २ बैशाख । जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया बस्ने महोत्तरी ईटहर्वा घर भएका १६ वर्षीय बिकाश कुमार राउतको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
धनुषा, २ बैशाख । जनकपुर उपमहानगरपालिका–८ स्थित डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमित कुमार सिंह सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, २ बैशाख । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका(७ श्रीरामपुर बस्ने राजेश चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २ बैशाख । धनगढी उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १ बैशाख । वीरगञ्जमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार जडान हुने भएको छ । उक्त मेसिन यसै साता राजविराजमामा पनि जडान गरिनेछ ।
काठमाडौं, १ बैशाख । नेपाल–भारत सीमामा थप कडाइ गरिदिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन् ।
काठमाडौं, १ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भारतले औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै चीनले स्वास्थ्य सामग्री उपलब्ध गराउनेछ ।
काठमाडौं, १ बैशाख । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ ।
राजविराज, १ बैशाख । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) खडा गरी सप्तरीमा थप कडाइ गरेको छ ।
जलेश्वर, १ बैशाख । कोरोना भाइरसबाट सजगता अपनाउन गरिएको लकडाउनले समस्यामा परेका जलेश्वरका अतिविपन्न परिवारहरुलाई प्रशासनको स्विकृतीमा स्वस्फूर्त ढंगले राहत सामग्री तथा भोजन वितरण गर्न थालिएको छ ।
जलेश्वर, १ बैशाख । कोभिड१९ को कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको छ । प्रदेश २ का जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिरहरु होली पर्वबाट नै सुनसान छ । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ ।
कपिलवस्तु, १ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बाँचौ, अरुलाइ पनि बचाउँ भन्ने उद्देश्यले कपिलवस्तुको मर्जादपुर (खुनुवा) स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा दुवै तर्फबाट गस्ती र पिकेट ड्युटी गरि निगरानी बढाइएको छ ।
जनकपुरधाम, ३० चैत । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
काठमाडौं, ३० चैत । प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तान्तरण गरेका छन् ।
जनकपुरधाम, ३० चैत । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवले २१ हजार सहयोग गरेका छन् ।
काठमाडौं, ३० चैत । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न सरकारसँग माग गरेका छन् ।
राजविराज, ३० चैत । राजविराज नगरपालिका वडा नं. २ मा वास्तविक मजदुरले राहत नपाएको गुनासो गरेका छन् ।