कपिलवस्तु, २५ चैत । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।
रौतहट, २५ चैत । रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सोमबारदेखि राहत वितरण कार्य सुरु गरेको छ ।
कपिलवस्तु, २५ चैत । विश्वमा फैलिएको कोरोना संक्रमणको समयमा सरकारले लकडाउन गरेपछि उक्त समयमा विपन्न तथा ज्यालादारी खानेहरुका लागि समस्या परेपछि जिल्लामा हालसम्म ५ करोड ६४ लाखको राहत कोष स्थापना गरिएको छ ।
कञ्चनपुर, २५ चैत । भारतको स्थानीय प्रशासनले कञ्चनपुरको सीमावर्ती क्षेत्र वनवासा र टनकपुर लगायतका स्थानमा २३८ जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखेको छ ।
वीरगञ्ज, २५ चैत । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ ।
जनकपुरधाम, २४ चैत । प्रदेश नं. २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
भैरहवा, २४ चैत । रुपन्देहीको सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ ।
काठमाडौं, २४ चैत । नेपाल–भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग गरेको छ ।
काठमाडौं, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोक्न भारतले गरेको पहलमा नेपालमा पनि दिपावली गरेर ऐक्यवद्धता गरिएको छ ।
बाँके, २४ चैत । कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ ।
कैलाली, २४ चैत । बर्दिया जिल्लासँग सिमा जोडिएको कैलालीमा शनिवार दुई जना र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टी भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ ।
काठमाडौं, २४ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउने तयारी गरिरहेको छ । लकडाउन लम्ब्याउनेबारे आजकोको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।
जनकपुरधाम, २४ चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिभिल बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ ।
काठमाडौं, २३ चैत । कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुुदायसँग जोडिएर आएका कुराहरुप्रति मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनकपुरधाम, २३ चैत । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, २३ चैत । कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
काठमाडौं, २३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसँगै कालोबजारी रोक्न सरकारसंग माग गरेका छन् ।
काठमाडौं, २३ चैत । विदेशबाट फर्कने नेपालीको लगत संकलन भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।
राजविराज, २३ चैत । लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई यहाँस्थित विद्यार्थीहरूले खाद्यान्न सामग्री वितरण गरेका छन् ।
बुटवल, २३ चैत । नेपाल–भारत सीमा सुगौली नाकामा अलपत्र परेपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय नौतनवा पुगेका छन् ।
काठमाडौं, २३ चैत । संसारका विभिन्न देशमा कोरोनाको संक्रमण बढि रहँदा पाकिस्तानमा पनि कोरोना (कोभिड–१९) संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ
काठमाडौं, २३ चैत । धनक युवा फाउण्डेशनले नेपाल र भारतका केही ठाउँहरुमा मास्क र डिटोल साबुन वितरण गरेको छ ।
रौतहट, २३ चैत । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ ।