4/2/2020

काठमाडौं, २० चैत । लकडाउनका कारण नेपालमा रोकिएका ६ सय जना भारतीय नागरिकको खाना, बास र स्वास्थ्योपचारको व्यवस्थापन स्थानीय सरकारले गरिरहेका छन् ।

4/2/2020

बुटवल, २० चैत । नेपाल भारत सीमा नाका बेलहियामा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्ने काम सुरू भएको छ ।

4/2/2020

काठमाडौं, २० चैत । सरकारले चीनबाट किनेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकहरुले प्रयोग गर्न अस्वीकार गरेका छन् ।

4/2/2020

जनकपुरधाम, २० चैत । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथामका स्वास्थ्य सामग्री पठाएको छ ।

4/2/2020

काठमाडौं, २० चैत । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ ।

4/1/2020

काठमाडौं, २० चैत । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।

4/1/2020

कपिलवस्तु, २० चैत । मारवाडी सेवा समितिले कृष्णनगर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ ।

4/1/2020

जनकपुरधाम, १९ चैत । प्रदेश २ मा दैनिक ज्यालादारी गर्ने, विपन्न परिवार वा व्यक्ति पहिचान गर्नका लागि प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा समिति गठन हुन लागेको छ ।

4/1/2020

दार्चुला, १९ चैत । नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्थापन गर्ने सहमति अनुसार धार्चुला पुल क्षेत्रमा रोकिएका पाँच सय नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको छ ।

4/1/2020

काठमाडौं, १९ चैत । कोरोनाभाइरस संक्रमणको रोकथामका लागि नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएका कारण सीमानाकाहरूबाट सामान आयातमा गिरावट आएपनि दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने ग्यासजस्ता सामग्रीहरू भने आयात भइरहेको अधिकारीहरूले बताएका छन् ।

4/1/2020

बारा, १९ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण विरुद्ध विश्व समुदाय जुद्धिरहेको छ । महामारीका कारण विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले बाराको कलैयामा सहयोगी टिमको घोषणा भएको छ ।

4/1/2020

काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना(कोविड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ ।

4/1/2020

जनकपुर, १९ चैत । प्रदेश २ मा कोरोना भाइरस संक्रमितको आशंकामा आइसोलेसनमा भर्ना गरिएकाहरुको रिपोर्ट आउन थालेको छ । उनीहरु सबैको परिक्षणपछि आएको रिपोर्ट नेगेटिभ आएको छ ।

4/1/2020

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमणको एउटा डरलाग्दो धरातल प्रकाशमा आएको छ । दिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको मुख्यालय रहेको निजामुद्दिनमा मार्चको दोस्रो हप्ता आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागीमध्ये २४ जनामा कोरोनाभाइरसको संक्रमण पाइएको हो ।

4/1/2020

सिरहा, १९ चैत । कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले रु एक करोड रकम प्रदान गर्ने जानकारी दिएका छन् ।

4/1/2020

रौतहट, १९ चैत । रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुर्जी काटेको छ ।

4/1/2020

जनकपुरधाम, १९ चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।

4/1/2020

जनकपुरधाम, १९ चैत । कोरोना महामारी नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेको छ ।

3/31/2020

काठमाडौं, १८ चैत । नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड रुपैयाँ सहयोग गर्ने जनाएका छन् ।

3/31/2020

जनकपुरधाम, १८ चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना संक्रमण नियन्त्रणका लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

3/31/2020

रौतहट, १८ चैत । रौतहटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा प्रहरीले करिब ६ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

3/31/2020

रौतहट, १८ चैत । रौतहटको कटहरिया जनता माबीमा सञ्चालित क्वारेन्टाइनमा २८ जनालाई राखिएको छ । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएका २८ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् ।

3/31/2020

काठमाडौं, १८ चैत । राजपा नेपालले कोरोना भाइरसविरुद्ध लड्न र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएको छ ।

3/31/2020

काठमाडौं, १८ चैत । लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।

3/31/2020

काठमाडौं, १८ चैत । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष पहल एवं विभिन्न बैंकहरुसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुका लागि निःशुल्क खाद्य सामग्री वितरण गरिएको छ ।

ट्रेन्डिङ