काठमाडौं, १० बैशाख । नेपाल बार एशोसिएशनले न्यायालयमा व्यक्तिगत पहुँच र राजनीतिक भागवण्डाको आधारमा सिफारिस हुने गरेको आरोप लगाएको छ ।
नवलपरासी, १० बैशाख । विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
पर्सा, १० बैशाख । जगरनाथपुर गाउँपालिका–४ बस्ने ईस्राईल मिँयाले आफ्नो खेतमा सोमबार दिउसो भुस जलाउने क्रममा आगलागी हुँदा गहुँ र उखु नष्ट भएको छ ।
सप्तरी, १० बैशाख । शम्भुनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा को.१ च ८४०० नम्बरको जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
पर्सा, १० बैशाख । वीरगंज महानगरपालिका–१२ मुरलीबाट करिब १० किलो चरेश सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
पर्सा, १० बैशाख । पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।
काठमाडौं, १० वैशाख । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ ।
राजविराज, १० वैशाख । सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ ।
विराटनगर, १० बैशाख । प्रदेश १ सरकारले ल्याएको बृहत बिराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले स्वागत गरेका छन् ।
धनुषा, १० बैशाख । शहीदनगर नगरपालिकाभित्र बिना दर्ता सञ्चालित विद्यालयहरु बन्द गरिने भएको छ ।
वीरगन्ज, ९ बैशाख । पर्साको पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
काठमाडौं, ९ बैशाख । प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएको छ ।
काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताए ।
काठमाडौं, ९ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्जियाका गैरआवासीय राजदूत अर्चिल जुलियाशिविलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
कैलाली, ९ बैशाख । गोदावरी नगरपालिका–८ जमुना झाडी बस्ने कृष्ण सिंह सुताराको कच्ची भान्छा घरमा सोमबार बिहान विद्युत तार सर्ट भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, ९ बैशाख । नरैनापुर गाउँपालिका–४ खोदवा बस्ने ६० वर्षीय फेरन यादव सोही ठाउँस्थित राप्ती नदीमा सोमबार बिहानमृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, ९ बैशाख । मधेशी एशोसिएशन इन अमेरिका (मा)ले सर्लाहीको कविलासी पपरियाका विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरेको छ ।
काठमाडौं, ९ बैशाख । पञ्चकन्या ग्रुपले सेकिसुई, जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ ।
रौतहट, ९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय सीमाक्षेत्रमा प्रयोग हुने भारतीय नम्बरका सवारी साधनको अभिलेख दर्ता गराउन समय निर्धारण गरेको छ ।
काठमाडौं, ८ बैशाख । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका सशस्त्र प्रहरी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।