बुटवल, १२ फागुन । तिलोत्तमा नगरपालिकाको–१३ मा अवस्थित जनता मावि, (साधारण तथा प्राविधिक) तीनधुराले आफ्नो स्थापनाको ३७ औं जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
बर्दिया, १२ फागुन । गुलरिया नगरपालिका–१० बस्ने ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, १२ फागुन । लहान नगरपालिका–१८ सोभापुरस्थित स्माईल मियाको घरबाट शनिबार गोठमा लुकाईछिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान र सिसौको काठ ६ थान गरी करिब ३० किबि काठ शनिबार प्रहरीले बरामद गरेको छ ।
चितवन, १२ फागुन । चितवन जिल्लाको भरतपुर महानगरापालिका १ स्थित नारायणी नदिमा नुहाउने क्रममा वेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले निकालेको छ ।
जनकपुरधाम, ११ फागुन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रकृतिको विनाश वा दोहन यस्तै किसिमले भईरहे पृथ्वीका सम्पूर्ण प्राणीको विनाश हुने बताएका छन् ।
कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको हरिबोध प्रा.वि.मा कवि सम्मेलन तथा मुसायरा कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज, ११ फागुन । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक गायत्री अश्वमेध महायज्ञ वीरगंजमा हुने भएको छ ।
कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको मायादेवी गाउँपालिकाको पिपरामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३२५ जना लाभान्वित भएका छन् ।
रौतहट, ११ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौरमा पहिलो पटक आयोजना हुन लागेको स्थानीय तह पालिका स्तरीय महिला फुटवाल प्रतियोगिता रौतहट गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ ।
कपिलबस्तु, ११ फागुन । कपिलवस्तुमा एक लाख रकमसहित बिद्यालय ब्यबस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।
कलैया, ११ फागुन । हिन्दू युवा एवं विद्यार्थीहरुको नगर स्तरीय भेला कलैयामा सम्पन्न भएको छ ।
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् ।
रौतहट, ११ फागुन । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह माथि गौर नगरपालिका वडा नं.४ कविर चौकमा सांघातिक हमला भएको छ ।
रौतहट, ११ फागुन । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालले कानुन विपरित कार्य गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
नवलपरासी, ११ फागुन । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
काठमाडौं, १० फागुन । भारत–नेपाल कृषिमा नयाँ साझेदारीको एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले भारतको गाजियाबादस्थित National Centre of Organic Farming (NCOF) मा माघ १८ देखि फाल्गुण १८ गतेसम्म सञ्चालन हुने एक महिने तालिम लिइरहेका छन् ।
बाँके, १० फागुन । कोहलपुर नगरपालिका–१२ रोहेणिखोलास्थित सडकमा ना.४ ख ९२४२ नम्बरको बस बा.४ च १४२४ नम्बरको कारमा ठोक्किएर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् ।
मोरङ, १० फागुन । व्यक्तिको हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका–२ बस्ने ४३ वर्षीय शरण भट्टराईलाई झापाको काकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
धनुषा, १० फागुन । मिथिला नगरपालिका–६ स्थित सडकमा स.४ प.११३१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान आफै अनियन्त्रित भई पल्टदाँ एक युवकको मृत्यु भएको छ ।
रौतहट, १० फागुन । रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मातृ भाषा दिवस मनाइएको छ । मातृभाषा, संस्कृति संरक्षण प्रवर्दनका लागि कार्य गर्दै आएका स्थानीय ग्रामिण शिक्षा विकास नेपालले
वीरगन्ज, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको शुभारम्भ गरेकी छन् ।
विराटनगर, १० फागुन । प्रदेश १ को ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ । सो विधेयकमाथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।