रुपन्देही, ९ फागुन । सैनामैना नगरपालिका–५ बुद्धनगरस्थित सडकमा बिहीबार बिहान लु.१ ख ५९०५ नम्बरको बसको चक्काले च्यापिएर गम्भीर घाइते भएका सहचालक सोही नगरपालिका
बाँके, ९ फागुन । नेपालगंज उपमहानगरपालिका–८ रानीतलाउ बस्ने ३४ वर्षीय अमरकुमार बँसाकारको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरी, ९ फागुन । प्रदेश २ को महोत्तरी तथा सिरहा जिल्लाको ग्रामीण विद्यालयहरुमा कक्षा १० मै पुग्न दलित विद्यार्थीलाई समस्या भइरहेको देखिएको छ ।
धनुषा, ८ फागुन । क्लोथ बैंक धनुषाले नगराइन नगरपालिका वडा नम्बर–७ का दलित बालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ ।
काठमाडौँ, ८ फागुन । नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ ।
विराटनगर, ८ फागुन । नेपाल र भारतको सीमा क्षेत्र विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी)को काम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं, ८ फागुन । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित ललितकला एकेडेमीमा सञ्चालित ‘इन्डो–नेपाल आर्टिष्ट एण्ड आर्ट क्रिटिक्स सिम्फोजियम’ सम्पन्न भएको छ । उक्त सिम्फोजियम माघ २४ गतेदेखि सुरु भएको थियो ।
रुपन्देही ८ फागुन । स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ ।
कपिलवस्तु, ८ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा पत्रकार सम्मेलन हरिबोध प्राविमा सम्पन्न भएको छ ।
नवलपरासी पश्चिम, ८ फागुन । नवलपरासी पश्चिमको केरा उत्पादक संघको दोश्रो साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
धनुषा, ७ फागुन । शहीदनगर नगरपालिका–३ नाथपट्टीस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौं, ७ फागुन । ६९औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रेस काउन्सिल नेपालले काउन्सिल सचिवालयमा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
रौतहट, ७ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुर बेलविच्छबामा रहेको सशस्त्र प्रहरी बल बीओपिका इन्स्पेक्टर पशुपति खनालले साढे १४ लाख मूल्य बराबरको सामान बरामद गरेका छन् ।
बर्दिया, ७ फागुन । गेरुवा गाउँपालिका–२ बनघुस्रीस्थित सडकमा टिपरले मंगलबार बिहान किच्दा एक बालकको मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम), ७ फागुन । सुस्ता गाउँपालिका–१ स्थित वनदेवी बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५७ वर्षीय केवल चमारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ७ फागुन । जबरजस्ती करणी पश्चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
सिरहा, ७ फागुन । केटाले केटी भगाएपछि उनका बाबुआमा र आफन्तले कत्ति दुख कष्ट भोग्नुपर्छ, त्यसको एउटा घटना सिरहा जिल्लामा बाहिर आएको छ ।
महोत्तरी, ७ फागुन । साझा आवाज परियोजनाअन्तर्गत स्थानीयस्तरका मुख्य अभिकर्ता परिचालनका लागि मानवअधिकार र अविभेद सम्बन्धी तीनदिने तालिम जलेश्वरमा सम्पन्न भएको छ ।
काठमाडौं, ७ फागुन । मानव अधिकार तथा शान्ति समाजद्वारा सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा केन्द्रीत रहि सञ्चालित अभियान अन्तर्गत अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएको छ ।
बाँके, ७ फागुन । नेपालगंज उपमहानगरपालिका–१८ स्थित भेरी अटो वर्कशप बाहिर बनाउनको लागि राखिएको जिपसी सुजुकी जिपमा मंगलबार बिहान आगलागी भएको छ ।
रौतहट, ७ फागुन । जिल्लाको सदरमुकाम गौरस्थित व्यारेक मैदानमा सम्पन्न गौर नगरस्तरीय महिला फुटबल टूर्नामेन्ट प्रतियोगिताअन्तर्गत दोस्रो उपमेयर कपको उपाधी नीरज साहको टीम वडा नम्बर ५ बाल मन्दिरले जितेको छ ।
धनुषा, ६ फागुन । जनकपुर उपमहानगरपालिका–१२ रामस्वरुप टोल वस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही उपमहानगरपालिका–४ वस्ने