काठमाडौं । पर्सा जिल्लाको पोखरीया नगरपालिका अर्थात जिल्लाको दोश्रो सदरमुकामको रूपमा परिचित पोखरीयामा भइरहेको आन्दोलनप्रति राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ऐक्यबद्धता जनाएको छ ।

राकेश यादव, रौतहट । नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक्ता भएको बताएका छन् ।

काठमाडौं । नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बर्षासंगैको बाढीपहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् ।

कपिलवस्तु । पिस नेपाल कपिलवस्तुको आर्थिक वर्ष २०८०।८१ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नं १२ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् ।

काठमाडौं । कागेश्वोरी मनोहरा नगरपालिकाअन्तर्गत बिरेन्द्रचोकस्थित वडा नम्बर ०७ मा रहेको नवदुर्गा मन्दिरसँगै मूल प्रवेशद्वार निर्माण गरिएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशवासीले स्वदेश तथा विदेशका जुनसुकै भूगोलमा बसोबास गरे पनि आफ्ना भाषा, भेषभूषा र सँस्कृतिको जर्गेना गर्दैआएको बताएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाका राजपुर नगरपालिकाका नगर प्रमुख डा. मोहम्मद राजिक आलमले नेपाल सरकारले बिपदको बेलामा पनि रौतहट जिल्लासँग विभेदपूर्ण व्यवहार गरेको बताएका छन् ।

काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको नेपाल भ्रमण नेपाल भ्रमण सम्पन्न भई स्वदेश फर्किएको छ ।

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिपन गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।

कपिलवस्तु । लुम्विनी प्रदेश सरकारले गाई भैसीबाट उत्पादन हुने दुधको उत्पादकत्व वृद्धि गर्नको लागि ५ जिल्लामा पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम निशुल्क गर्ने भएको छ ।

बाँके । बैजनाथ गाउँपालिका–२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले बाढीपहिरोबाट संकटग्रस्त जिल्ला घोषणा गर्दा विभेद गरिएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

जनकपुरधाम । चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु चिन्ताजनक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।

राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभाको प्रत्यासी योगेन्द्र राय यादवले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले आफ्नो क्षेत्र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री दिनुको सट्टा फोटो सेसन गर्नमा व्यस्त रहेको बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत तीनवटा अत्याधुनिक शौचालय निर्माण गरिने भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् ।

काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाएका दिवंगत आत्माहरुको चिरशान्तिको कामनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन भएको छ ।

ट्रेन्डिङ