काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ ।
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ ।
काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ ।
काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ ।
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।
काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक संकट र स्वाधीनतामा हस्तक्षेपको संकेत हुनसक्ने बताएको छ ।
काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण हेतु तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
काठमाडौं । आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले प्रसिद्ध लेखक तथा आईटी विज्ञ प्रा. डा. राजन थपलियालाई सम्मान गरेका छन् ।
काठमाडौं । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्द्धिजीवी र श्रमिकहरुसँग अन्तरक्रिया गरेका थिए ।
वीरगंज । पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठास्थित श्री मसरुर पब्लिक विद्यालयको प्राङ्गणमा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
जनकपुरधाम । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ ।
काठमाडौं । हालसालै त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुंठित हुनेगरी विभिन्न ठाउँहरुमा गरेको सह–परिक्षा नियन्त्रकको नियुक्ति प्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रल्हाद जोशीबिच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
रुपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताएका छन् ।
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।
जनकपुरधाम । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसीयाले गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोरका लागि रहेका वैतनिक कानून व्यवसायीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महा महोत्सवको चौथो दिन तिलकोत्सव पर्व सम्पन्न भएको छ ।
बारा । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले बनाउने हरेक संरचना अपाङ्गमैत्री हुने बताएका छन् ।
बेइजिङ । नेपाल सरकार र चीन सरकार बिचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगबती चौधरी सम्मानित भएकी छन् ।