सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्राम सहित धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय सनिल राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गरेका छन् ।

काठमाडौं । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छन् ।

सिरहा । आम जनता पार्टी (आजपा) सिरहा जिल्ला कमिटी विस्तार गरिएको छ । उदयकुमार साहको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो ।

सप्तरी । सप्तरीको रूपनगर क्याम्पसले वरपरका सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा पर्यटकीय विकास तथा जैविक विविधता संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चा केन्द्रीय कमिटीका अध्यक्ष कुमारी बबिताले सरकारले महिलासंग विभेद गरेको आरोप लगाएकी छन् ।

वीरगन्ज । विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म ९ औं वार्षिक जलसा सालाना समारोह पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गनमा अहमद संघ नेपालका अध्यक्ष मोइन अहमदको अध्यक्षतामा जलासा सालाना सम्पन्न भएको छ ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच भेटवार्ता भएको छ ।

कलैया । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको बारा जिल्ला कमिटी पुनर्गठन भएको छ । मान्धर यादवको अध्यक्षमा एक सय २७ सदस्यीय आईटी आर्मी बारा जिल्ला कमिटीको पुनर्गठन भएको हो ।

महोत्तरी । “हामी सबैको प्रतिबद्धता ः लैगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता“ भन्ने मूल नाराका साथ “लैगिक हिंसा विरुद्धको १६ दिने अभियान– २०२४“ अन्तर्गत जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी मटिहानी नगरपालिकामा मनाइएको छ ।

मोरङ । चेक चोरी गरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम परियोजना) कार्यान्वयन गर्ने प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।

बारा । रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको मुख्य आरोपी सुरेन्द्र कुशवाहा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मोरङ । विराटनगरमा लैङ्ंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हामी सबैको प्रतिबद्धता, लैङ्ंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता भन्ने राष्ट्रिय मूल नाराका साथ बालबालिकाहरुका बीच बुधबार वक्तृृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशको बारामा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षी गढीमाई मेलाको तयारीबारे जानकारी लिएका छन् ।

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् मधेश प्रदेशसभा सदस्य ई.बसन्त कुशवाहाले मधेश प्रदेश सरकार परिवर्तनको हल्ला फिजाइएको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।

राकेश यादव, रौतहट । आमा र छोरालाई हत्या गरी फरार रहेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी । इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे जनतालाई जानकारी गराउन माग गरेका छन् ।

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गरेका छन् ।

ट्रेन्डिङ