काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंक बिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
वीरगंज । नारायणी अस्पतालको बिग्रिएका औजार तथा उपकरणहरू मर्मत सम्भारका लागि नारायणी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवम् साम्प्रादायिक हर्कतको निन्दा गरेको छ ।
राकेश यादव, रौतहट । जनमत पार्टी जिल्ला कार्य समिति रौतहटले भर्खर सम्पन्न भएको नेपाल प्रीमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा खेल सकिएपछि मधेशी समुदायका युवा माथि भएको घटनामा संलग्न ऊपर कानूनी कार्यवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं । जनता समादवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गईरहेको टिप्पणी गरेका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रयसहितको विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।
कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
काठमाडौं । तराई–मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले वार्ता टोली गठन गरेका छन् ।
काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएछन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्सका समर्थकहरुमाथि रंगभेदी क्रियाकलाप गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न जनमत पार्टीले माग गरेको छ ।
काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरद्वारा जनकपुरस्थित जानकीचोकमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।
जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले एनपीएल प्रतियोगितामा उपाधि प्राप्त गरेकोमा जनकपुर बोल्ट्स टीमलाई हार्दिक बधाई दिंदै प्रतियोगिता समाप्त हुँदै जनकपुर बोल्ट्सका समर्थकहरुमाथि भएको आक्रमणलाई निन्दनीय र दुर्भाग्यपूर्ण भन्दै भर्त्सना गरेको छ ।
काठमाडौं । मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्स बीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार गर्ने समुहलाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउन नलाग्ने बताएका छन् ।
घनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।