सप्तरी । तिलगंगा आँखा प्रतिष्ठानले सप्तरीको रूपनगरमा सञ्चालन गरेको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा दुई हजार चार सय भन्दा बढी नागरिकलाई आँखा उपचार सेवा दिएको छ ।

वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शिविर सम्पन्न भएको हो ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग कुरा गरेका छन् ।

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा शनिबार दिउँसो एक जना पुरुषको मृत्यु भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीसंगको कुटपिट पछि घाईते भएका कवाड व्यवसायी संघर्ष समितिका अगुवा नेता योगेन्द्र प्रसाद साह काठमाडौंमा उपचार गराईरहेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)निकटको आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन गरिएको छ ।

चितवन । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मी चितवन जिल्ला कमिटी गठन भएको छ । नितेशकुमार साहको अध्यक्षतामा १ सय ११ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको हो ।

मोरङ । जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

काठमाडौं । देशभर बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै चिसोबाट प्रभावित मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायका नागरिकहरूलाई नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारेकले मण्डी (कम्बल) वितरण गरेको छ ।

राकेश यादव, रौतहट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना आरोपित प्रहरी समक्ष आफै हाजिर भएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् ।

काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारको विरुद्धमा वीरगंजमा प्रदर्शनका साथै खबरदारी सभा गर्दैछ । साथै वीरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।

जनकपुरधाम । स्थानीय सेवा(गठन तथा सञ्चालन) ऐन २०८१ कार्यान्वयन भइरहँदा ऐनमा केही प्रावधान छुटेका, केहीमा प्रस्टता नभएका र केही संशोधन हुनुपर्ने स्थानीय तह कर्मचारीको माग सम्बोधन गर्न गम्भीर गृहकार्य भइरहेकाले कुनै किसिमको प्रदर्शन नगर्न स्थानीय तहका कर्मचारीलाई मधेश प्रदेश सरकारले आग्रह गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी किन नबढेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलका अग्निपीडित परिवारलाई लगाउने कपडा सहयोग गरिएको छ ।

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ ।

काठमाडौं । अंग्रेजी नयांँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंस्थित माइतीघर मण्डलामा धोती दिवस मनाएको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा शहीद भएका परिवारका लागि स्वास्थ्य बीमा गर्ने भएको छ ।

ट्रेन्डिङ