मोरङ । जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

काठमाडौं । देशभर बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै चिसोबाट प्रभावित मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायका नागरिकहरूलाई नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारेकले मण्डी (कम्बल) वितरण गरेको छ ।

राकेश यादव, रौतहट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना आरोपित प्रहरी समक्ष आफै हाजिर भएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् ।

काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारको विरुद्धमा वीरगंजमा प्रदर्शनका साथै खबरदारी सभा गर्दैछ । साथै वीरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।

जनकपुरधाम । स्थानीय सेवा(गठन तथा सञ्चालन) ऐन २०८१ कार्यान्वयन भइरहँदा ऐनमा केही प्रावधान छुटेका, केहीमा प्रस्टता नभएका र केही संशोधन हुनुपर्ने स्थानीय तह कर्मचारीको माग सम्बोधन गर्न गम्भीर गृहकार्य भइरहेकाले कुनै किसिमको प्रदर्शन नगर्न स्थानीय तहका कर्मचारीलाई मधेश प्रदेश सरकारले आग्रह गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी किन नबढेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलका अग्निपीडित परिवारलाई लगाउने कपडा सहयोग गरिएको छ ।

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ ।

काठमाडौं । अंग्रेजी नयांँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंस्थित माइतीघर मण्डलामा धोती दिवस मनाएको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा शहीद भएका परिवारका लागि स्वास्थ्य बीमा गर्ने भएको छ ।

जनकपुरधाम । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्चशिक्षामा पहुँच बढाउन मधेश प्रदेश सरकारले मधेश प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गतको जनकपुरधामस्थित मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु हुँदैछ ।

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरदसिंह यादवले कुनै नेता वा पार्टी विशेषलाई जोगाउनका लागि मात्रै मधेशी दलहरुबीच एकता वा सहकार्यको औचित्य नरहेको बताएका छन् ।

सर्लाही । बरहथवा नगरपालिका–९ मधुवनीस्थित शान्ति चोकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् ।

काठमाडौ । जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतबार राती भएको भीषण आगलगीको घटनाका पीडित परिवारलाई बिभिन्न संघ सस्थाहरुले राहत उपलब्ध गराएका छन् ।

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।

बर्दिया । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलमा आइतबार राती आगलागी हुँदा ८ जनाको घर जलेर नष्ट भएको छ ।

ट्रेन्डिङ