सप्तरी । कंचनरूप नगरपालिका–८ स्थित सडकमा ग.२ ख ११७५ नम्बरको ट्रकले को.३३ प ७२४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध भ्रातृ संगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला कमिटीको बैठक मौलापुरमा केन्द्रीय अध्यक्ष प्रभु साहको उपस्थितिमा सम्पन्न भएको छ।

रौतहट । रौतहटको भैसही र गुजरा क्षेत्रका बासिन्दाहरू जंगली हात्तीको लगातारको आतङ्कले भयभित भएका छन्।

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ ।

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले मंगलबार ४६औं पटक रक्तदान गरेका छन् ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने उदेश्यले वीरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल “पार्टी स्कुल तथा प्रशिक्षण विभाग”को प्रथम बैठकले कार्यविभाजन गरेको छ ।

दुबई । मधेशी एकता समाजले नव वर्ष २०२५ को अवसरमा दुबईस्थित जबील पार्कमा भव्य कार्यक्रमको आयोजना गरी एकता, परम्परा र सामूहिक प्रगतिलाई थप सुदृढ बनाएको छ ।

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ मिथिला सिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जनकपुरधाम । मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बीच विमर्श र बैठकहरु शुरु भएका छन् ।

मोरङ । विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । मधेशकेन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीले दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

सप्तरी । तिलगंगा आँखा प्रतिष्ठानले सप्तरीको रूपनगरमा सञ्चालन गरेको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा दुई हजार चार सय भन्दा बढी नागरिकलाई आँखा उपचार सेवा दिएको छ ।

वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शिविर सम्पन्न भएको हो ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग कुरा गरेका छन् ।

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा शनिबार दिउँसो एक जना पुरुषको मृत्यु भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीसंगको कुटपिट पछि घाईते भएका कवाड व्यवसायी संघर्ष समितिका अगुवा नेता योगेन्द्र प्रसाद साह काठमाडौंमा उपचार गराईरहेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)निकटको आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन गरिएको छ ।

चितवन । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मी चितवन जिल्ला कमिटी गठन भएको छ । नितेशकुमार साहको अध्यक्षतामा १ सय ११ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको हो ।

ट्रेन्डिङ