काठमाडौं । १८औं मधेश बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्रले मधेशी शहीदहरुको सहादतलाई खेर जान नदिने प्रण गरेका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव डा.सुरेन्द्र झाले आफूहरुको संघर्ष निरन्तर अगाडि बढिरहेको बताउँदै कुनै पनि बेला विस्फोट हुनसक्ने चेतावनी दिएका छन् ।

वीरगन्ज । पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतन्त्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

लहान । १८औं बलिदानी दिवसको अवसरमा मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झनामा लहानमा रहेको शहीदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै शहीद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा शहिदगेटमा शहिदहरुको शालिकको बृहत सरसफाई गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको ईशनाथ नगरपालिकाको वित्तीय कारोबार हुँदै आएको खाता रोक्का भएको छ ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

कपिलवस्तु । तीन पालिकाका प्राथामिक तहका विद्यार्थीहरुको सिकाई उपलब्धीमा सहयोग गर्नको लागि शिक्षा सम्बन्धी नयां परियोजना सूरुवात हुन लागेको छ ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुपन्देही । रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सघीय निजामती सेवा ऐन पारित गर्ने यो उपयुक्त समय भएको बताएका छन् ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सप्तरी । राष्ट्र सेविका नेपालले मकर संक्रान्तिको अवसरमा विभिन्न समुदायका बालबालिकाहरुलाई खिचडी खुवाएर मकर संक्रान्ति उत्सव मनाइएको छ ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा दलित छात्र छात्राहरुलाई व्याग र लुगा वितरण गरिएको छ ।

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ ।

राकेश यादव, रौतहट । जिल्लाको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले अपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिको बचाउ गर्नका लागि न्यायपालिका माथि गलत टिप्पणी गरेको बताएका छन् ।

पर्सा । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया टोल बस्ने लाल बहादुर दास थारूको गोठमा आगलागी भएको छ ।

कैलाली । धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवका बिरुद्धमा स्थानीयले नाराजुलुश गरेका छन् ।

काठमाडौं । मधेश आन्दोलनका शहीदहरुको स्मरणमा माघ ५ गते डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सबै वडामा वडास्तरीय मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

काठमाडौं । आईटी आर्मी अन्तर्विद्यालय गोल्ड कप फुटबल प्रतियोगिता भव्यता र उत्साहका साथ सम्पन्न भएको छ ।

अजय कुमार सिंह, जनकपुरधाम । ‘भूकम्पले सिकाएको पाठ : बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ २७औ भूकम्प सुरक्षा दिवस २०८१ मनाइएको छ ।

जनकपुरधाम । नेपाल सद्भावना पार्टीले विभिन्न राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

ट्रेन्डिङ