वीरगंज । राष्ट्रिय एकता अभियान पर्साका जिल्ला संयोजक बिकाऊ प्रसाद भण्डारी (थारू) को नेतृत्वमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई परवानीपुर हनुमान चौकमा भगवान श्री हनुमान जीको प्रतिमा निर्माण सम्बन्धी ज्ञापन पत्र बुझाइएको छ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई दिनुपर्ने बताएका छन् ।

कपिलवस्तु । सिद्धार्थ विद्या मन्दिर तौलिहवाले सिद्धार्थ स्काउट टुप्र दिक्षान्त समारोह तथा बसन्त पन्चमीको अवसरमा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं। ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ।

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य डा.सिके राउतले जाति, रङ्ग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजाय सम्बन्धी गैरसरकारी विधेयक सङ्घीय संसदमा दर्ता गराएका छन् । 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले संयुक्त स्वरूपको सरकार टिकाउन नै ऊर्जा खर्च गर्नुपर्ने हुँदा मधेश प्रदेशमा तीव्रताका साथ बहुपक्षीय र बहुउद्देश्यीय काम अघि बढाउन ढिला भएको बताएका छन् ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा तिब्रगतिमा भईरहेको विकास कार्य हेर्न, बुझन, सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरु आउँन थालेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ ।

महोत्तरी । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा पुस्तामा उद्यमशीलताको विकास गरेर स्वदेशमा नै काम गर्ने वातावरणको निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्ने बताएका छन् ।

पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले कर्मकाण्डी काम मात्रै गरेको टिप्पणी गरेका छन् ।

रौतहट । गरूडा नगरपालिका–४ बस्ने २९ वर्षीय रामजी साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा आयोजित बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र महतोले सिवेन्द्र यादव, तालिम अख्तर,आकाश साह,देवेन्द्र न्यौपानेको अगुवाइमा सयौ जना नेता कार्यकर्तालाई टिका र माला लगाई प्रवेश गराएका छन् ।

जनकपुरधाम । सप्तरीको राजविराजमा निर्माणाधीन रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पुगेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बलमा संसदको हुर्मत लिएको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत निजी तथा सामुदायिक विद्यालय सञ्चालक संस्थाहरू (पैबसन, इनपेबसन) लाई राष्ट्रिय एकता अभियानका जिल्ला सह–संयोजक पंकज झाको नेतृत्वमा एक ज्ञापनपत्र बुझाइएको छ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक दुईदिनका लागि भोलिदेखि सुरु हुँदैछ ।

काठमाडौं । मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीहरुसँग मधेशकेन्द्रित आठ दलीय मोर्चाका नेताहरुले भेटेका छन् ।

नवलपरासी । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन् ।

काठमाडौं । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा गत सोमबार सम्पन्न भएको छ ।

काठमाडौं । सर्लाहीका बौद्धिक व्यक्तित्व डा.वीरवंश बैठा लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

वीरगंज । शहीद दिवसको अवसरमा नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा हिन्दू योद्धा स्वर्गीय काशीनाथ तिवारीको अशोकबाटिकास्थित श्मशानघाट चौकमा रहेको सालिक सरसफाई एवं माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ। भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालको जनकपुरधामबाट जानकी मंन्दिरको उत्तराधिकारी महन्थ राम रोशन दासले नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुबिधाको लागी खालसा निर्माण भएको छ ।

काठमाडौं । वि.सं २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पपछि भारतले नेपालमा पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धता जनाएको थियो।

ट्रेन्डिङ