फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यस अघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो ।

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसँग भेटेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको गुनासो गरेका छन् ।

रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताहीमा आगलागी पीडित परिवारलाई अस्थायी घर बनाउनका लागि जस्तापत्ता वितरण गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल पहिलो पटक ७७ औ स्थानबाट उक्लिएर देशकै टपटेनमा पर्न सफल भएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारले ल्याएको अध्यादेशहरु जनविरोधी र देश हित प्रतिकूल रहेको बताएका छन् ।

बारा । राष्ट्रिय एकता अभियान, बाराले हालै बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

काठमाडौं । उदयपुर जिल्लाको सामुदायिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको बताएका छन् ।

जकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वहन गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रा योजना कार्यान्वयन गरिरहेको भन्दै तिनमा योगदान दिन र त्यसबारे संज्ञान लिन युवा विद्यार्थीलाई आग्रह गरेका छन् ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गरेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएनन् ।

बाँके । जिल्लाको नरैनापुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

सप्तरी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी सरकारकै लागि दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताएका छन् ।

राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सप्तरीको पाँचौँ जिल्ला अधिवेशनबाट कृष्ण कुमार मण्डलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था निम्त्याउने भएकाले दिलबाटै खेलेर राजनीतिमाथि नियन्त्रण र नेतृत्व गर्न विद्यार्थीलाई आह्वान गरेका छन् ।

काठमाडौं । हजारौं वर्षदेखि आस्थाको केन्द्र मानिँदै आएको मुक्कुम्लुङमा सरकारले निजी व्यापारीहरूलाई केवलकार निर्माणको अनुमति दिएको विरोधमा स्वदेशी अधिकारवादी तथा आस्थावान समुदाय सशक्त आन्दोलनमा उत्रिएका छन्।

जनकपुरधाम । मधेशका अवैध तथा अनाधिकृत अस्पताललई नियमन गर्नेगरी अनुगमन गरिरहेका मधेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सो कार्यको विरोध गर्न मोर्चाबन्दी तथा जातीय संघसंगठनलाई उतार्ने विषयलाई जनताले हेरिरहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको सचिवालयले जनाएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालमा शुक्रबार साँझ अनुगमन गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघ जनकपुरका नेता अक्षय यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन्।

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तिब्ररुपमा अगाडी बढीरहेको छ ।

ट्रेन्डिङ