रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको बताएका छन् ।

जकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वहन गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रा योजना कार्यान्वयन गरिरहेको भन्दै तिनमा योगदान दिन र त्यसबारे संज्ञान लिन युवा विद्यार्थीलाई आग्रह गरेका छन् ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गरेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएनन् ।

बाँके । जिल्लाको नरैनापुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

सप्तरी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी सरकारकै लागि दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताएका छन् ।

राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सप्तरीको पाँचौँ जिल्ला अधिवेशनबाट कृष्ण कुमार मण्डलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था निम्त्याउने भएकाले दिलबाटै खेलेर राजनीतिमाथि नियन्त्रण र नेतृत्व गर्न विद्यार्थीलाई आह्वान गरेका छन् ।

काठमाडौं । हजारौं वर्षदेखि आस्थाको केन्द्र मानिँदै आएको मुक्कुम्लुङमा सरकारले निजी व्यापारीहरूलाई केवलकार निर्माणको अनुमति दिएको विरोधमा स्वदेशी अधिकारवादी तथा आस्थावान समुदाय सशक्त आन्दोलनमा उत्रिएका छन्।

जनकपुरधाम । मधेशका अवैध तथा अनाधिकृत अस्पताललई नियमन गर्नेगरी अनुगमन गरिरहेका मधेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सो कार्यको विरोध गर्न मोर्चाबन्दी तथा जातीय संघसंगठनलाई उतार्ने विषयलाई जनताले हेरिरहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको सचिवालयले जनाएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालमा शुक्रबार साँझ अनुगमन गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघ जनकपुरका नेता अक्षय यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन्।

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तिब्ररुपमा अगाडी बढीरहेको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारको असफलता, भ्रष्टाचार र अकर्मण्यताको विरोधमा राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको अगुवाइमा बिहीबार जनकपुरमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

कपिलवस्तु । सिद्धार्थ विद्या मन्दिर बोर्डिङ स्कुल तौलिहवामा अध्ययनरत विद्यार्थीहरुले पढाईसँगै व्यावहारिक ज्ञान र सिप बढाउन शुक्रबार विद्यालय परिसरमा खाना महोत्सव गरेका छन् ।

सर्लाही । सदरमुकाम मलंगवा नगरपालिकाले पहिलो पटक बज्जिका महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।

जनकपुरधाम । जनकपुरधाममा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित निजी अस्पताल बन्द गराउन मधेश प्रदेश सरकार थप कठोर बनिरहेको छ ।

वीरगन्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको अगुवाईमा बिहीबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (सीडीओ साहेब) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र (एसपी) सँग भेटघाट एवं छलफल गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुरबाट प्रहरीले ७ वडा गाईसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं । सरकारले संसदमा ल्याएको भूमिसम्बन्धी अध्यादेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन नगर्ने निर्णय गरेको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न ठमेलमा विशाल रैलीको आयोजना गरेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरु माथि गरिरहेको कुटपिट तथा ज्यादतीप्रति डा.सीके राउत नेतृत्वको जनमत पार्टीले भर्त्सना गरेको छ ।

ट्रेन्डिङ