काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित विभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
रौतहट । न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेको छ ।
जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक तेस्रो तह वनरक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनआन्दोलन दिवशको अवसरमा आउँदो २४ चैतमा काठमाडौंमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएको छ ।
सप्तरी । जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेको मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
सप्तरी । जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेको मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
बर्दिया । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बर्दियाको बबई बहुमुखी क्याम्पसमा स्थापना गरेको ‘पृथ्वी छात्रवृत्ति अक्षयकोष’बाट जेहेन्दार विद्यार्थी महिमा भुजुवालाई ‘पृथ्वी छात्रवृत्ति २०८१’ प्रदान गरिएको छ ।
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायी र सञ्चालक माथि भइरहेको काठमाडौं महानगरपालिकाको गुन्डागर्दी तत्काल नरोकिए आफ्नो पेशा व्यवसायको संरक्षणका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
महोत्तरी । पालिका र वडाहरूबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुरयाउने उद्देश्यले मटिहानी नगरपालिकाले बुधबारदेखि एकीकृत घुम्ती सेवा शिबिर प्रारम्भ गरेको छ ।
काठमाडौं । राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मानव अधिकार तथा शान्ति समाजले प्रतिगामी विधेयकको संज्ञा दिएको छ ।
रौतहट । सरस्वती पुजाको भोलिपल्ट मूर्ति बिसर्जन गर्ने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।
काठमाडौं । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल–भारत बीचमा रहेको धार्मिक तथा सांस्कृतिक समानताले दुवै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा विश्व क्यान्सर रोग दिवसको अवसरमा महिलाहरूको पाठे घरमा लाग्ने रोग विरुद्धको निःशुल्क एचपिभि खोप अभियानको जनकपुरधामबाट शुरुवात गरिएको छ ।
सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महादेवा गाउँपालिका–२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी । मटिहानी नगरपालिका वडा नं १, ३ र ६ वडाका ६० जना कृषकहरूलाई जलवायु मैत्री कृषि उपकरण वितरण गरिएको छ ।
बर्दिया । नेपाल पत्रकार महासंघ बर्दियामा कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका छन् ।
काठमाडौं। भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले एक औपचारिक भोजको आयोजना गरेको थियो।
रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ ।
सप्तरी । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सबै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।