जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् ।
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखि सुरु हुँदैछ । यस वर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँदैछन् ।
ढल्केबर (धनुषा) । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ ।
काठमाडौं । नयाँ वर्ष २०२५ को अवसरमा नेपाली मधेशी समुदाय अल्बानी, न्युयोर्क अमेरिकाको वार्षिक सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।
राकेश यादव, रौतहट । श्रमजीवी पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटले मंगलवार जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री र संचारमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको चाँदी पुल नजिक मंगलवार बिहान सवारी दुर्घटना हँुदा ५ जना घाइते भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्नका लागि नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् ।
काठमाडौं । नेपाल सरकारद्वारा संघीय संसदको दुवै सदनमा दर्ता गराएको ६ वटा अध्यादेशहरुमध्ये “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश”लाई समर्थन नगर्ने जनता समाजवादी पार्टी, नेपालले निर्णय गरेको छ ।
सप्तरी । जिल्लाको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ ।
काठमाडौं । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समूहले आन्दोलनको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्।
महोत्तरी । जिल्लाको मटिहानीमा हरसोउल्लासका साथ धानुक (मण्डल) जातिको कुल देवता श्री राघो बाबाको विधिवत पूजा गरिएको छ ।
काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ ।
जनकपुरधाम । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन तीव्र पारेका छन् ।
बाँके । बैजनाथ गाउँपालिका–८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।
जनकपुरधाम । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्देशन दिएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकार सहित उनीहरुको श्रमको उचित मुल्यांकन सरकारले गर्न नसकेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको लागि निर्णायक संघर्षको आवश्यकत्ता औंल्याएका छन् ।
काठमाडौं । तराई–मधेशकेन्द्रित आठ दलीय खुल्ला गठबन्धनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले ९ बुँदे सुझाव दिएका छन् ।
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ ।
काठमाडौं । नेपालमा दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्न बहुजन एकता पार्टी नेपाल र संघीय समाजवादी नेपाल पार्टीबीच संयुक्त मोर्चा निर्माणको तयारी भएको छ।