काठमाडौं । आम जनता पार्टी (आजपा) नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवम् साम्प्रादायिक हर्कतको निन्दा गरेको छ ।

राकेश यादव, रौतहट । जनमत पार्टी जिल्ला कार्य समिति रौतहटले भर्खर सम्पन्न भएको नेपाल प्रीमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा खेल सकिएपछि मधेशी समुदायका युवा माथि भएको घटनामा संलग्न ऊपर कानूनी कार्यवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौं । जनता समादवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गईरहेको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रयसहितको विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

काठमाडौं । तराई–मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले वार्ता टोली गठन गरेका छन् ।

काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएछन् ।

देवघर, झारखण्ड (भारत) । अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्सका समर्थकहरुमाथि रंगभेदी क्रियाकलाप गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न जनमत पार्टीले माग गरेको छ ।

काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरद्वारा जनकपुरस्थित जानकीचोकमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले एनपीएल प्रतियोगितामा उपाधि प्राप्त गरेकोमा जनकपुर बोल्ट्स टीमलाई हार्दिक बधाई दिंदै प्रतियोगिता समाप्त हुँदै जनकपुर बोल्ट्सका समर्थकहरुमाथि भएको आक्रमणलाई निन्दनीय र दुर्भाग्यपूर्ण भन्दै भर्त्सना गरेको छ ।

काठमाडौं । मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्स बीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार गर्ने समुहलाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउन नलाग्ने बताएका छन् ।

घनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

धनगढी । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।

काठमाडौं । नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्लले समूहले भारतको भ्रमण गरेको थियो।

काठमाडौं । तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साह (क्रान्ति) को टिमसहित नेपालका ११ जनालाई अवार्डले सम्मानित गरिएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन् ।

काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठक मंसिर २७–२९ गते जनकपुरधामस्थित जानकी मन्दिरमा सम्पन्न भएको छ ।

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले ‘सिड नम्बर जिआर–३९’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

ट्रेन्डिङ