इमरान खान, कपिलवस्तु । लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग भेटघाट गरेका छन् ।
राकेश यादव, रौतहट । नेकपा एमाले रौतहटका इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य प्रत्यासी अजय कुमार गुप्ताले प्रादेशिक अस्पताल गौरमा कार्य गर्ने सम्पूर्ण महिला स्वास्थ्यकर्मी चिकित्सक कर्मचारीको अस्मिता माथि गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले प्रहार गरेको बताएका छन् ।
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ३० औं वर्ष पुरा गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेज स्थापनाको ३० औं वर्ष पुरा गरेको हो ।
काठमाडौं । आम जनता पार्टी (आजपा) सप्तरीले गृहमन्त्री रमेश लेखकलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारमा पुगेर आजपा नेताले आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसहमहामन्त्री आनन्द शर्माले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सीताराम यादवले गाउँपालिका भ्रस्टाचारको अखाडा बन्दै गएको बताएका छन् ।
जनकपुरधाम । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले सय दिनमा गरेका कामकाजको संक्षिप्त विवरण सार्वजनिक गरिएको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवसहित दुई दर्जनभन्दा बढी केन्द्रीय नेताहरु राजेन्द्र महतो नेतृत्वको नवगठित पार्टी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु दण्डित हुनुपर्ने कारणले ‘वाकस्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
बाँके । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ ।
मोरङ । रंगेली नगरपालिका–९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
राकेश यादव, रौतहट । रौतहट प्रहरीले जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट कैद जरिवाना भई फरार रहेका विभिन्न मुद्दाका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
काठमाडौं । चर्चित (भाइरल) भोजपुरी कलाकार समेत रहेकी ममता साह (कनक) महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् ।
रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको भईरहेको ढिलासुस्ती एवं मनोमानीका बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।
काठमाडौं । नेपाल–भारत महिला मैत्री समाजले शनिबार काठमाडौँकोे बुद्धनगरमास्थित डी.डी.आइ ब्याङ्केटमा नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइने जितिया पर्व २०८१ कोे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ ।
काठमाडौं । प्रेस काउन्सिल नेपालद्वारा मधेशवाणीका कार्यकारी सम्पादक रामसुकुल मण्डल पुरस्कृत भएका छन् ।