जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।
राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभाको प्रत्यासी योगेन्द्र राय यादवले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले आफ्नो क्षेत्र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री दिनुको सट्टा फोटो सेसन गर्नमा व्यस्त रहेको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत तीनवटा अत्याधुनिक शौचालय निर्माण गरिने भएको छ ।
काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाएका दिवंगत आत्माहरुको चिरशान्तिको कामनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेको छ ।
जनकपुरधाम । असोज ११ र १२ गतेकोे अविरल बर्खाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारले एक लाख रुपैयाँका दरले राहत दिने मुख्यमन्त्री सतिशकुमार सिँहले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाली भूमिमा लामो समयदेखि क्रान्तिको अभ्यास धेरै भए पनि सार्थक निकाष नभएकोले अब गान्धी बिचारधारालाई अवलम्बन गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गाई भैंसीबाट उत्पादन हुने दुधको उत्पादकत्व वृद्धि गर्नको लागि ५ जिल्लामा पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम निःशुल्क गर्ने भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित, पिडित परिवारहरुको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयको तीखो आलोचना गरिएको छ ।
काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संयोजक मनोनित भएको छ ।
काठमाडौं । अविरल र विकराल वर्षाका कारण मुलुकभर भएको धनजनको क्षतिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गहिरो सम्वेदना व्यक्त गर्दै राहत त उद्धारका लागि अपिल जारी गरेको छ ।
जनकपुरधाम । स्वास्थ्य सेवाका सिअहेब अधिकृतहरूलाई एकपटकका लागि सातौँ तह कायम गर्नेगरी कानुन संशोधन भएमा स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने भन्दै त्यसो नगर्न हेल्थ असिसटेन्ट संघ नेपालको मधेश प्रदेश समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएको छ ।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
सर्लाही । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बाढपिडितको अवस्था बुझ्न स्थलगत निरीक्षण गर्दै पीडितहरुको समस्या समाधान गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बुटवल । आम जनता पार्टी (आजपा) को लुम्बिनी प्रदेश कमिटी विस्तार गरिएको छ । ५१ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे रहेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लामा ३ जनाको मृत्यु भएको छ । लाल बकैया तथा बागमती नदीमा आएको बाढीले गर्दा २ जना तथा करेन्ट लागेर १ जना गरी ३ जना मृत्यु भएको हो ।