कपिलवस्तु, १९ भाद्र । नेपाल निजामती कर्मचारी युनियनको ३५औं स्थापना दिसवको अवसरमा कपिलवस्तु जिल्ला समितिले कपिलवस्तु अस्पताल तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, १९ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

जनकपुरधाम, १९ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वनसम्बन्धी मुद्दा छिनोफानो गर्न प्रदेशका डिभिजनल वन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

बाँके, १९ भाद्र । डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इमरान खान, कपिलवस्तु, १९ भाद्र । कपिलवस्तु र रुपन्देही जिल्लाका आँखा बिरामीहरुको बृहत निःशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

काठमाडौं, १९ भाद्र । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ’शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्।

सिरहा, १९ भाद्र । सिरहाको चोहर्वास्थित वन क्षेत्रका घर तोडफोड गरिएको भन्दै पीडितहरूले प्रदर्शन गरेका छन् । उनीहरूले मंगलबार साँझ चोहर्वामा प्रदर्शन गरेका हुन् ।

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले संघीय संसदमा अवधी समाजका नागरिकका समस्या र समाधानबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा विभिन्न नारावाजी सहित थापाथली हनुमानथानबाट जुलुस कुपोन्डोल, पुल्चोक, हरिहरभवन हुदै ललितपुर महानगरपालिका पुगि उपप्रमुख अञ्जली शाक्यलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । लुटकारी, दलाल एवं भ्रष्ट सरकारलाई कर बहिष्कार गर्ने अभियान मञ्चले प्रभावकारी रुपमा अगाडी बढाउँने निर्णय समेत गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एमबिबिएस प्रवेश परिक्षामा रौतहटका दुई विद्यार्थी नेपालमै पहिलो र दोस्रो स्थान ल्याएपछि उच्च सम्मान गरेका छन् ।

काठमाडौं । संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

वीरगंज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेशमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ ।

राकेश यादव, रौतहट । नेपाल इन्जिनियर्स एशोसिएसन नेपालको आयोजनामा चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रम सोमबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

मोरङ । कटहरी गाउँपालिका–४ संराहीस्थित अमित कुमार जैनको पशुपतिनाथ जुटमिलमा सोमबार दिउँसो आगलागी भएको छ ।

सुनसरी । धरान उपमहानगरपालिका–१३ निसानेबाट अवैध लागूऔषध गाँजा करिब ९८ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

काठमाडौं । ‘दलितलाई खै ?’ ब्यानर राखेर विगत २४ दिनदेखि एक्लै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका एक युवाको आन्दोलनमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले समर्थन जनाउँदै ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ ।

काठमाडौं । “गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति“ को आयोजनामा शनिबार बेलुका काठमाडौंको कालिमाटीबाट पानीको झरीसंगै विशाल जनप्रदर्शन गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी निवासी मानसी कुमारी सिंह आँखा सुरक्षा सम्बन्धी प्रतियोगितामा प्रथम भएकी छन् ।

सप्तरी । रूपनगर क्याम्पसका विद्यार्थीहरूले प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू गरेका छन्।

इमरान खान, कपिलवस्तु । नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कपिलवस्तु कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा शनिबार सम्पन्न एक भेलाबाट मोर्चाको अध्यक्षमा कुमारी बबिता सर्वसम्मत चयन भएकी छन् ।

ट्रेन्डिङ