काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम शहीद राम मनोहर यादवको ७औं पुण्यतिथि मनाएको छ ।

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयारी पोशाक निर्यात र हस्तकला क्षेत्रमा रहेका नीतिगत समस्याका सम्बन्धमा छलफल गरेको छ ।

जनकपुरधाम । कीर्ते कागजपत्रका आधारमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ बसनचौरीस्थित राष्ट्रिय वनको एक सय एघार बिघा, १२ कट्ठा १६ धुर जग्गा अतिक्रमण गर्ने प्रयास विफल तुल्याउन गम्भीर अनुसन्धान गरेका डिभिजनल वन कार्यालय बाराका प्रमुख एवम् डिभिजनल वन अधिकृत विनोद सिँहलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सराहना गरेका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमसम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयमा ध्यान दिइने बताएका छन् ।

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिंया बस्ती बस्ने ५३ वर्षीय टिका बहादुर खनालको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

धनुषा । सिराहा, सिराहा नगरपालिका–३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)को सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा प्रभु साह, वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विकास विकास विरोधी हस्तक्षेपबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलन केन्द्रित नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । दुई दिनसम्म काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा चलेको बैठकले सातै प्रदेशमा आउँदो ३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् ।

नेपालगन्ज । जिल्लाको कोहलपुर सडकखण्डमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार २०८४ सालसम्म नै टिक्ने दाबी गरेकी छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ ।

रूपन्देही । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

काठमाडौँ  । फोर एच नेपालले कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग गरेका छन् । उद्योग करकारखानाले पर्यावरण तथा वातावरणलाई हानी नोक्सानी पुर्याएकाले जलवायु न्यायका लागि हरित कर लगाउनु पर्ने दाबी गरेको छ ।

काठमाडौं । लूटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन सत्तामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष सहित आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेश गरेको राजनीतिक प्रतिबेदनमा चर्काचर्की बहस भइरहेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्तीका जनताको अवस्थाबारे जानकारी लिएका छन् ।

सर्लाही । बरहथवा नगरपालिका–३ हजरियास्थित सडकमा साइकलको ठक्करबार पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय राम चन्द्र महतोको मृत्यु भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशस्थित विभिन्न प्रादेशिक अस्पताल अनुगमनक्रममा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसँग छलफल गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

जनकपुरधाम । धनुषाका सरकारी कार्यालयहरुको बेतिथी यस्तो छ कि, एकजना सेवाग्राही जग्गा रजिस्ट्री गर्ने अदालतको आदेश लिएर ७ महिनादेखि दैनिक रुपमा मालपोत कार्यालय, जनकपुरधाम जान्छन् । मुद्दा फांटदेखि हाकिमसँग भेट्छन् अनि भोलि आउनु, अर्को हप्ता आउनु, कर्मचारी आएको छैन, हेर्दै छु जस्तो जवाफ सुनेर सर्वसाधारण दिक्क भएपछि पत्रकार, समाजिक कार्यकर्तादेखि नेतासम्म गुहार्न पुग्छन् ।

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय सचिवमा नवलपरासीका बालगोविन्द चौधरी मनोनीत भएका छन् ।

ट्रेन्डिङ