सामान्यतया एक विशिष्ट वा अद्वितीय विशेषता वा कौशलता को परिणाम स्वरुप कुनै व्यक्ति लिजेन्ड्री बन्ने गर्दछ ।कुनै पनि व्यक्ति रातारात लिजेन्ड्री बन्ने गर्दैन। तिनीहरू समयसँगै बढ्छन्, आफुलाई अब्बल सावित गर्नका लागि चुनौतीहरूको बीचमा जरा गाड्छन्। जब तनावको स्तर उच्चतम बिन्दुमा हुन्छ, आत्मविश्वास उपरको शंका र असफलताको दर्शनको सामना गर्न सजिलो हुन सक्छ ।
यहि नै एक लिजेन्ड्री मानबको प्रमुख विशेषता हो । म सरकारी सेवामा प्रवेश गरेको २४ वर्ष पुगि सकेको छ । यस अवधीमा मैले एक भन्दा एक अब्बल अग्रज विद्वानहरुको सँगत गर्ने मौका पाए । उहाहरुको नेतृत्व पाए । सवैमा लिजेन्ड्री चरित्रको अनुभुती गरेको छु । तथापी म आफुले व्यवहार गरेको मेरा हाकिमहरु मध्ये हाल राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक एवं प्रदेश नं. २, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामका तत्कालिन (२०७७ भाद्र देखी २०७८ भाद्र सम्म) सविचडा. राम चन्द्र कँडेलले आफुलाई एक आधुनिक लिजेन्ड्री पर्सोनालिटीको रुपमा स्थापित गरेको मेरो अनुभुति रहेको छ । कारणहरु निम्नानुसार छन्ः
१. लगनशीलता
एक उत्कृष्ट व्यक्तिको आवश्यक गुणहरू मध्ये एक चुनौतीहरू पार गर्ने क्षमता हो। जीवनमा हुन लायक कुनै पनि कुराले मुर्त रुप लिन समय लिन्छ ।कुनै पनि व्यक्ति सफल हुनको लागी आफु अगाडीका अवरोधहरू पार गर्न दृढ संकल्पित रहनु पर्दछ। एक महान व्यक्ति हुनुको एक विशिष्ट गुण भनेकै अरूले रोकेको ठाउँमा जाने इच्छा गर्नु हो। समस्याको पहिलो सङ्केतमा हार मान्न सजिलो लाग्न सक्छ, ।
धेरैजसो मानिसहरूले गर्ने पनि त्यही नै हो तर लिजेन्ड्री व्यक्तिहरु समस्यको भुमरीमा पस्दछन् । लगनशीलता भनेकै समस्याहरुको भुमरीमा प्रवेश गर्ने निरन्तर आदम्य साहस हो। यदि कुनै व्यक्तिले मानिसहरूको समूहको नेतृत्व गर्दछ भने उसले आफ्नो लक्ष्यहरू प्राप्त गर्नको लागि टोलीलाई प्रभावकारी रूपमा मार्गनिर्देशन गर्न लगनशीलता प्रदर्शन गर्न आवश्यक छ।
कुनै पनि नेतृत्वले सँगठनलाई अगाडि बढ्नबाट रोक्ने कठिनाइहरूको सामना गरि रहेका हुन्छन् । सफल नेतृत्वको सँकेत भनेकै सम्भावित समाधान खोज्ने र निर्णयहरुको कार्यान्वयन गर्ने हो । अतः यदि नेतृत्व सँग अवरोधहरूको सामना गर्दा दृढ रहन सक्ने क्षमता छैन भनेसँगठनले पीडा भोग्दछ तर निरन्तरको लगनशिलताले उपलब्धिको सम्भावना भने रहि रहन्छ ।
चाहे नियमित सार्वजनिक विदा होस या धार्मिक, साँस्कृतिक चाडपर्वको विदा होस, आफु र सम्वन्धित कर्मचारीहरुलाई नियमिति रुपमा आफ्नो तोकिएको जिम्मेवारी सम्वन्धमा झकझकाई रहने डा. कँडेलको पेशा प्रतिको लगनशिलताले उहाँलाई लिजेन्ड्री क्यारेक्टरको रुपमा परिभाषित गर्ने गरेको छ ।
इमानदारीताले पूर्ण र स्वतन्त्र जीवनको नेतृत्व गर्दछ। इमानदारी भनेको सत्य बोल्नु मात्र होइन । इमानदारीताले खुलापनलाई बढावा दिन्छ, हामीलाई सशक्त बनाउँछ र हामीले तथ्यहरू कसरी प्रस्तुत गर्छौं भन्नेमा एकरूपता विकास गर्न सक्षम बनाउँछ। इमानदारीले हाम्रो धारणालाई तिखो बनाउँछ र हामीलाई हाम्रो वरपरका सबै कुरालाई स्पष्टताका साथ अवलोकन गर्न अनुमति दिन्छ ।
इमानदारीता वा सत्यता भनेको नैतिक चरित्रको एउटा पक्ष हो जसले इमानदारी, सत्यता, सीधा, स्पष्ट आचरण एवं झूठ, धोखाधडी, चोरी, इत्यादिको अनुपस्थिति जस्ता सकारात्मक र सद्गुणात्मक विशेषताहरूलाई बुझाउँछ। इमानदारीतामा विश्वासयोग्य, वफादार, निष्पक्ष हुनु पनि समावेश हुने गर्दछ । डा. रामचन्द्र कँडेल आफैमा ईमानदारीताको परिचायक समेत रहेको कुनै दुईमत छैन ।
तटस्त आर्थिक आचरण, सादगीपुर्ण चारित्रिक प्रदर्शन , जिम्मेवारीमुलक समाजिक भुमिका तथा व्यवहारीक लचकता जस्ता अनेकन अव्ययहरुले उहाँ उपरको विश्वासलाई झन मजवुत बनाउने गर्दछ । सादा जिवन उच्च बिचारका धनी डा. कँडेल सचिवको रुपमा प्रदेश नं. २ मा कार्यरत रहँदा उहाँले समाजिक उत्तरदायित्वको लागी निर्वाह गर्नु भएको भुमिका स्मरणीय छ नै ।
चाहे जनकपुरधाम वन प्राविधिक समाजको स्वच्छता तथा वृक्षारोपण अभियान होस, चाहे दुधमती सफाई एवं गँगासागर सफाईको अभियान होस, चाहे होटल तथा पर्यटन व्यवसायीहरु सँगको सौहादर्ता होस या मिथिला वाईल्डलाईफ ट्रष्ट सँगको आर्थिक भार रहित सहकार्य होस वा मिथिला पेन्टिगँ प्रवद्र्धनको लागी प्रचारप्रसार सम्वन्धी गतिविधी होस, चाहे स्थानिय कला, सँस्कृत, ईतिहासको जर्गेना तथा संरक्षणको लागी देखाउनु भएको ईमानदारीताले उहाँलाई लिजेन्ड्री व्यत्तित्वको रुपमा परिभाषित गर्ने गर्दछ । यस मानेमा डा. रामचन्द्र कँडेलको नामै काफी छ ।
३. उत्कृष्टता
सफल नेतृत्वलेपुर्णता होईन उत्कृष्टताको खोजी गर्छन । पूर्णता एक स्वार्थी धारणा हो जसमा आफु अरू भन्दा राम्रो हुनु पदर्छ भन्ने मान्यता रहेको छ । नवाचार खोजी केन्द्रित यात्रा नै उत्कृष्टता हो। यो अद्वितीय विशेषता भएका व्यक्तिहरूले सधैं सिक्ने, बढ्ने र अझ राम्रो गर्ने अवसर देख्छन्। लिजेन्ड्री व्यक्ति कहिल्यै सन्तुष्ट हुँदैनन् तर निरन्तर सुधार र मूल्य प्रदान गर्ने तरिकाहरू खोजि रहन्छन् ।
प्रगतिको लागि निरन्तर धक्का दिई रहन्छन् । डा. रामचन्द्र कँडेलले सचिवको रुपमा प्रदेश नं. २ मा कार्यरत रहँदा उहाँको निर्देशन तथा प्रत्यक्ष निगरानीमा सम्पन्न गरिएको कार्यक्रमहरु सर्व प्रशंसनिय मात्र होईन उत्कृष्ट नै छ । मन्त्रालयमा नियमित रुपमा आउने सेवाग्राहीको सुविधा तथा मन्त्रालय परिसर सौन्दर्यीकरणको लागी निर्माण गरिएको यात्रु प्रतिक्षालय लगायतका अन्य संरचनाहरुले उहाँमा नवाचारको खोजी केन्द्रित उत्कृष्टतालाई स्पष्ट पार्ने गर्दछ । अतः उहाँ एक लिजेन्ड्री क्यारेक्टर हो ।
४. निर्धक्कता
आत्म विश्वासबिना नेतृत्वको अस्तित्व रहँदैन । आत्मविश्वास नै नेतृत्व निर्माणको जग हो । कमजोर जगमा घर बनाउनाले अस्तव्यस्त संरचना निम्त्याउँछ। डराउनेहरू सधैं सुरक्षित विकल्प रोज्छन्भने आत्मविश्वासीहरूले आफूसँग भएको जानकारी प्रयोग गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने गर्दछन् ।कुनै पनि साहसी नेतृत्वले आफूलाई सुरक्षित मात्र राखी राख्ने निर्णयमा अल्झाउन चाहदैनन् ।
निर्धक्क भई कानुनी वैद्यताको आधारमा निर्णय लिई कार्यान्वयनमा जाने गर्दछन् । मन्त्रालयको सचिव भई कार्यारत रहँदाका बखत डा. कँडेलको निर्धक्क कार्यशैलीे र पेशागत मर्यादाको लागी राख्ने गरेको चट्टानी अडानले उहाँलाई एक लोह पुरुषको रुपमा पनि लिने गरिएको छ ।
सुशासनको मापदण्ड अनुसार कानुनी राज्यको अनुभुति हुने गरी कार्य सम्पादन, राजनैतिक परिवेश उपर तटस्थ रही वस्तुपरक योजना तर्जुमाको प्रयास तथा परिणाममुखी कार्यान्वयको लागी आफु र मातहात निकायका पदाधिकारीहरुमा विनापुर्वाग्रह निर्धक्कताका साथ कार्य बातावरण निर्माण हेतु उहाँको भुमिका स्मरणिय रहि रहेको छ ।
५. महत्वाकांक्षा
व्यक्तिलाई दर्शन उन्नमुख गराउने अस्त्र भनेकै व्यक्तिवादी महत्वाकांक्षा हो जसले मानिसमा लिजेन्ड्री चरित्रको बिकास गर्दछ । महत्वाकांक्षी मानिसहरूले सपनाहरू मात्रै देख्दैन्न तिनीहरूले यसलाई पूरा पनिगर्दछन् । कर्नर अफिसको स्वामित्वको बारेमा दिवास्वप्न देख्नुको सट्टा दर्शनवाट प्रेरित व्यक्तिहरूले आफनो व्यवसायिक क्षमता विकास गर्न अरुलाई पनि आफ्नो टोलीमा सामेल गराई साझा वैचारिक धरातलमा रही प्रतिभा प्रदर्शनको लागी अरुलार्ई प्रेरित गर्ने गर्दछन् ।
धरातलिय रुपमा नेपाल वन सेवा, नेशनल पार्क एण्ड वाईल्ड लाईफ समुह तर्फ सह–सचिवको रुपमा पदाधिकार भई प्रदेश सचिवको रुपमा कार्यरत रहँदा डा. कँडेलको महत्वाकाँक्षा भने समावेशी चरित्रको देखिन्छ । प्रादेशिक पर्यटन प्रवद्र्धनको प्रयाप्त सम्भावना बोकेको प्रदेशको दुवै छेउ अवस्थित संरक्षित क्षेत्रको विकास गर्दै वन्यजन्तु तथा प्रकृति अवलोकन प्रयोजनार्थ पर्यापर्यटनको विकासको लागी उहाँ संरक्षित क्षेत्र तथा वन्यजन्तु संरक्षण एवं व्यवस्थापनको सवालमा अलि उदार नै हुनु हुन्छ ।
प्रदेशको टेरिटोरियल जिम्मेवारीमा नरहेता पनि निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापनलाई पर्यटन प्रवद्र्धनको साझा अवधारणको रुपमा प्रस्तुत गरि रहने महत्वाकाँक्षाले उहाँ बिकासको समावेशी आदर्शवाट प्रेरीत रहेको पुष्टी हुन्छ । अतः उहाँ एक लिजेन्ड्री पर्सोनालिटी हो ।
६. प्रतिबद्धता
जब कुनै नेतृत्वले दर्शन सिर्जना गर्दछ तब उस्ले यसलाई प्राप्त गर्नको लागि पेशागत प्रतिवद्धताका साथ दीर्घकालीन र सक्रिय विधिका साथ लागु पनि गर्दछन् । यस्तो प्रभावशाली व्यक्तिले जे भए पनि सही काम गर्ने र यसको लागी कडा निर्णयहरू गर्ने आफ्नो कर्तव्य ठान्दछ ।लिजेन्ड्री नेतृत्वले सँगठनमा सँलग्न व्यक्तिको व्यक्तिगत आँकाक्षा भन्दा तथ्य परक साँगठनिक अपेक्षाहरुलाई प्राथमिकता दिने गर्दछन् र सोही अनुसार आफ्नो सँगठनमा उच्च स्तरको व्यवहार कायम राख्नु पर्ने आत्मवोध पनि गर्दछन् ।
ठानी सकेको कार्य सम्पन्न गरी छाड्ने दृढ संकल्प र कार्यान्वयन चरणमा आफ्नो रणनितीक पथवाट कति पनि विचलित नभई आफ्नो गन्तव्यको लागी प्रतिवद्ध रही रहने डा. कँडेलको पेशागत हठले सदैव साँगठनिक अपेक्षाहरुलाई प्राथमिकता दिने गरेको अनुभुत्ति भएकै हो । कर्तव्य पालनको लागी व्यक्तिगत स्वार्थ भन्दा साँगठनिक दर्शनको अनुयायी डा. रामचन्द्र कँडेल आफैमा लिजेन्ड्री पर्सोनालिटी रहेको बुझ्न सकिन्छ ।
७. नम्रता
एक सशक्त नेतृत्व हुनुको एक महत्वपूर्ण विशेषता बौद्धिक नम्रता हो । नम्रता बिना कुनै पनि व्यक्ति सिक्न असक्षम रहन्छ । नम्र नेतृत्वले सर्वोत्तम हितको लागी लिईएका निर्णयहरु तथ्यमा आधारित छन भनि सुनिश्चित गर्न अरूबाट प्रतिक्रिया खोज्ने गर्दछन् । मानिसहरू उनीहरूलाई बेवास्ता गर्ने वा उपेक्षा गर्नेहरू भन्दा आफ्नो विचारलाई महत्व दिने नेतृत्व तर्फ आकर्षित हुन्छन्।
नम्र स्वाभावको नेतृत्व सँग सकारात्मक सवाल जवाफ गर्न सहज हुने हुँदा परिस्थिति अनुकुल निर्णय लिन सहयोग पुग्दछ ।अतः जब कुनै व्यक्तिले यी व्यवहारहरू प्रदर्शन गर्छन् तब उसले आकर्षक भविष्यको चित्रण गरि रहेको हुन्छ जसले सँगठनका अन्य सदस्यहरुलाई काम गर्न प्रोत्साहित गर्दछ। मन्त्रालय र मातहातका कर्मचारीहरुलाई सदैव मुस्कान सहितको सेवा प्रवाह, सेवाग्राहीलाई नागरीकको रुपमा नम्र व्यवहार तथा नमिल्ने कार्यको लागी स्पष्ट नम्रता प्रदर्शन गर्नको लागी उत्प्रेरीत गरि रहने डाक्टर साहवको आत्मवोधी मार्गदर्शनले उहाँलाई एक लिजेन्ड्री व्यूरोक्रेट्सको रुपमा चित्रण गर्न सकिन्छ ।
८. सदभाव
कुनै पनि व्यक्ति उपरको वहु पक्षिय सम्मान तथा सदभावले निज कतिको लिजेन्ड्री रहेको भन्ने यर्थातको चित्रण गर्दछ । आफ्नो मात्रै बखान र प्रशंसा सुन्न ललायीत मपाईत्वमा रमाउने व्यक्तिले आम सदभाव भने कदापी पाउन सक्दैन । करीब एक दर्जन भन्दा बढी संघसंस्थाहरुवाट सदाचारीता र निष्ठाका प्रतिक डा. कँडेलको सरुवा विदाई कार्यक्रममा देखिएको सदभावरुपी उपस्थिति र उहाँलाई गरिएको भव्य विदाई सम्मानले उहाँ उपरको आम सदभाव भल्किन्छ र उहाँ एक लिजेन्ड्री पर्सोनालिटी रहेको चित्रण गर्दछ । यस्ता भद्र मानवप्रति सत्–सत् नमन् ।
(महतो, भू–संरक्षण अधिकृत, उधोग, पर्यटन तथा वन मन्त्रालय, प्रदेश नं. २, जनकपुरधाम)
तपाईको प्रतिक्रिया