शहिद दुर्गानन्द झाको योगदान उच्च कोटीको रहेको छ : राजेन्द्र महतो

विचार/दृष्टिकोण

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन ईतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्था विरुद्ध भएका आन्दोलनहरुमा शहिदहरुले आफनो बलिदानी दिएका छन् । यीनै बलिदानीको फल स्वरुप हामी आज स्वतन्त्रता र गणतान्त्रिक व्यवस्थाका अनुभुत गरिराखेका छौ ।
 
यसमा शहिद दुर्गानन्द झाको योगदान उच्च कोटीको रहेको छ । २०१७ सालमा राजा महेन्द्रले जनताको स्वतन्त्रतालाई हनन गरि निर्दलीय पञ्चायति व्यवस्था लागू गरेपछि जनताको स्वतन्त्रता र अधिकारका पक्षधर दुर्गानन्द झालाई राजाको त्यो कार्य स्वीकार भएन ।
 
उनले जानकी मन्दिरमा पुजापाठको लागि आएका राजा महेन्द्र माथि बम प्रहार गरे । दुर्गानन्द झाको त्यो बम प्रहारको घटना एउटा समान्य घटना थिएन गणतन्त्रको उदघोष थियो । सोही अरोपमा पक्राउ गरि दुर्गानन्द झा सहित उहाहरुको साथीलाई पक्राउ गरि कष्टपुर्ण थुनामा राखेर माघ १५ गते मृत्यु दण्ड दिइयो । अमर शहिद दुर्गानन्द झा प्रति हार्दिक नमन गर्न चाहन्छु । उहाले देखाएको बाटो आम जनताको लागि सदैव स्मरण योग्य रहेन छ ।
 
आज संघीय गणतान्त्रिक व्यवस्था मुलुकमा आएको छ जनता संघीयता र स्वतन्त्रताको अनुभति गरिरहेका छन । यसमा झाले देखेको सपना प्रतिविम्बीत भईरहेको छ । तर पनि मुलुकमा देखिएको समस्याहरु यथावत छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमव्दारा दिगो शान्ति र सुशासन विकास र समृद्धिको आकांक्षा पुरा गर्ने तर्फ अग्रसर हुनु पर्ने आवश्यकता छ ।
 
देशमा देखिएको अहिलेको संवैधानिक जटिलता संविधानको पाइला पाईलामा देखिएको त्रुटिहरु आज आएर सिद्ध गरिदिएको छ कि संविधान त्रुटिपुर्ण छ यसलाई सर्वस्वीकार्य बनाउन संविधान संसोधन नै एक मात्र उपाय हो ।
 
देशलाई शान्ति र विकास र जनताको मनोकांक्षा पुर्ण शासन व्यवस्था नै सहिद प्रति सच्चा श्रद्धाञ्जली हुने मैले विश्वास लिएको छु । अमर शहिद दुर्गानन्द झा प्रति हार्दिक नमन ।
May be an image of 1 person
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ