भारतको आन्ध्रप्रदेशमा ४२ छात्रछात्रालाई पूर्ण छात्रवृत्ति

शिक्षा

8/7/2019

जनकपुरधाम, २२ साउन । प्रदेश नं. २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश श्रिकाकुलमस्थित आदित्य इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मैनेजमेन्ट ले ४२ जना छात्रछात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत प्रदेश नं. २ का ३० जना छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्रछात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजी, इलेट्रिकल, इलेक्ट्रोनिक र एम. वि. ए मा पूर्ण छात्रवृत्ति दिने भएको हो ।

यसअन्तर्गत छात्रवृत्ति पाउने छात्रछात्राहरुले छात्रावास र परीक्षा शुल्क आफैले बेहोर्नु पर्ने छ ।

कलेजका नामांकन प्रमुख राहुल चौधरीले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप ३६ जना छात्रछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ