काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरूले जनक शिक्षा सामग्री केन्द्रले विद्यालयका पाठ्यपुस्तक छाप्न विलम्ब गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बैठकमा पूर्वशिक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले पाठ्यपुस्तक पु¥याउने काममा गैरजिम्मेवार भएको भन्दै केन्द्र तथा सरकारका आलोचना गरिन् ।
उनले सरकारी विद्यालयलाई पाठ्यपुस्तक नै समयमा दिन नसक्ने सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार गर्न सक्छ भनेर प्रश्नसमेत गरिन् ।
त्यस्तै, एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले सरकारी विद्यालयहरूमा पाठयपुस्तकसमेत समयमा पुर्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
बैठकमा सहभागी केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तहको निर्वाचन र रुस–युक्रेन युद्धका कारण विलम्ब भएको स्पष्टीकरण दिएका छन् ।
यद्यपि, अब कागजको आपूर्ति भइसकेकाले असारको पहिलो हप्ताभित्र पाठ्यपुस्तकहरू पुर्याइसक्ने प्रतिबद्धता जनाए ।
केन्द्रले अब ३५ लाख पाठ्यपुस्तक छपाईको काम बाँकी रहेको पनि समितिलाई अवगत् गराएको थियो ।
तपाईको प्रतिक्रिया