रुचीअनुसारको अध्ययन गर्न पाए सबै बालबालिका सफल : प्रधानमन्त्री ओली

शिक्षा

1/16/2019

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षा दिनुपर्ने बताएका छन् ।

रुचीअनुसारको पठनपाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग–२०७५ को प्रतिवेदन मंगलबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

“रुचीअनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्री ओलीले भने “फूटबलमा रुची हुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ