काठमाडौं, १७ पुस । संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा मंगलबार विद्यार्थी सङ्गठनका नेतृत्वहरुसँग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ ।
आयोगले तयार पारेको बालबिकासदेखि उच्च शिक्षासम्मको शिक्षाको दूरदृष्टि समेटिएको प्रारम्भिक प्रतिवेदनमा बिद्यार्थी नेताहरूले महत्वपूर्ण र अमूल्य सुझाव दिएका छन् ।
कार्यक्रममा विद्यार्थी नेताहरू लेखनाथ न्यौपाने, माधव ढुङगेल, रन्जित तामाङ, नैंनसिंह महर, ठाकुर गैंरे, रामकुमारी झाक्री, प्रकाश पोखरेल, पदम जोशी, सन्तोष रायमाझी, युवराज चौंलागाई, जितेन्द्रसिंह महरा, श्यामबाबु गौंतम, तिलकराज भण्डारी, डाचाराज वाग्ले लगायतकाले शिक्षामा सबैंको पहुँच अनिवार्य हुनुपर्नेमा जोड दिए ।
सहभागीहरुले अब बन्ने शिक्षा नीतिले शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रारम्भिक प्रतिवेदनमा भएका कुरा हुबहु कार्यान्वयन गरेर शिक्षा नीति बनाउन सकिए शिक्षामा अग्रगामी छलाङ हुने बिद्यार्थी नेतृत्वले सुझाएका छन् ।
तपाईको प्रतिक्रिया