काठमाडौं, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राखेका छन् ।
राजधानीको गोकर्णेश्वर नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि ८) को स्थानीय पाठ्यपुस्तक विमोचन गर्दै मन्त्री पोखरेलले स्थानीय पहिचानसँग राष्ट्रिय पहिचानलाई जोड्ने काम स्थानीय पाठ्क्रमले नै गर्ने विचार राखे ।
‘यस अर्थमा पनि गोकर्णेश्वर नगरपालिकाले अनुकरणीक काम गरेको छ, यस्तो कार्य अब अन्य स्थानीय निकायले पनि गर्नुपर्छ’ मन्त्री पोख्रेलले भने ।
बेग्लै प्रसंगमा मन्त्री पोख्रेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सकेमा शैक्षिक स्तरमा सुधार आउने बताए । सामुदायिक विद्यालयको स्तर उकास्न आफू प्रतिबद्ध रहेको भन्दै उनले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न धेरै मिहेनत गरेको भन्दै उनले शिक्षा नीति पास हुने विश्वास व्यक्त गरे । सांसद कृष्ण राईले शैक्षिक क्षेत्रको विकासपछि मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सकिने र त्यसको थालनी स्थानीय स्तरबाटै हुनुपर्ने बताए ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले मुलुककै पहिलो पटक आफ्नो नेतृत्वको नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी उदाहरणीय काम गरेको बताए ।
तपाईको प्रतिक्रिया