हाजिरी जवाफ विद्यार्थीहरुको बुद्धिलाई तिखार्ने माध्यम हो : प्रदेश प्रमुख कायस्थ

शिक्षा

6/23/2019

जनकपुरधाम, ८ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको बुद्धि तिक्षण हुने बताएका छन् ।

श्री मध्यपुर्वी पृतना हेडक्वाटरद्वारा जनकपुरधाममा आयोजित हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा बोल्दै उनले नेपाली सेनाद्वारा गरिएको यस्ता क्रियाकलापले विद्यार्थीहरुमा मानसिक अवस्थाको विकास हुने बताएका हुन् ।

अनुशासित र व्यवस्थित रहेको नेपाली सेनाले विभिन्न किसिमका आपद् विपतमा पुर्याउँदै आएको सहयोगको उनले प्रशँसा गर्दै आगामी दिनमा पनि नेपाली सेनाले अझ उत्कृष्ट कामहरुलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा धनुषा, सिरहा र बारा गरी कुल ४ वटा जिल्लाका विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता बाट लोटस सेकेण्ड्री स्कुल बारा प्रथम र गँगोत्री मावि धनुषा द्वितीय भएका छन् ।

प्रथम हुने विद्यालयलाई कप, नगद रु. ६१ हजार र प्रशँसापत्र दिइएको छ भने द्वितीय हुने विद्यालयलाई कप, नगद रु ३१ हजार र प्रशँसा पत्र प्रदान गरिएको छ । त्यस्तै, तृतिय र चौथो हुने विद्यालयलाई प्रशँसा पत्र प्रदान गरिएको छ ।

मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी तथा प्रदेश प्रमुखद्वारा पुरस्कार र प्रशँसा पत्रहरु वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ